Breaking News
Loading...
Thursday, December 27, 2012

Info Post

विजय आवाज
सिनेमा क्षेत्रमा नायिकाहरुको भविष्य सीमित अवधिका लागि मात्र भएको देखिन्छ । अहिलेसम्मको प्रवृत्ति हेर्दा एकदशक सिनेमा क्षेत्रमा बिताएपछि अधिकांश नायिकाहरु पलायन हुन्छन् । सिनेमा क्षेत्रमा भविष्य नदेखेपछि पलायन


भएका नायिकाहरुले विवाहका लागि विदेशमा रहेका नेपाली युवक रोज्ने गरेको पाइन्छ ।  यस्तै आफ्नो पहिलो पति सुरज चन्दसँग सम्बन्ध बिच्छेद गरेर अमेरिका पुगेकी नायिका पूजा चन्दले पनि त्यहीँ दोश्रो बिहे गरिन् । उनले अमेरिकामा नै बस्दै आएका नेपाली युवक राजु लामासँग बिहे गरेको खबर आयो । नायिका जल शाह कुनै बेलाकी चर्चित नायिका थिइन् । तर उनी एकाएक पलायन हुँदै अमेरिका पुगिन् । त्यहाँ उनले एक नेपाली युवकसँग बिहे गरिन् । केही समयअघि अमेरिका पुगेकी नायिका युना उप्रेतीले पनि

गि्रनकार्ड होल्डर एक नेपाली युवकसँग दोश्रो बिहे गरिन् । नेपालमा रहँदा उनको प्रेम चौलागाईसँग बिहे भएको थियो । सिनेमा क्षेत्रमा आएपछि भने युनाको नाम निर्देशक दिपक श्रेष्ठसँग लामो समयसम्म जोडिएको थियो ।सिनेमा क्षेत्रमा खासै जम्न नसकेपछि नायिका सोनिया केसीले पनि मंसिर २५ गते बिहे गरिन् । उनले अमेरिकामा गि्रन कार्ड होल्डर देवेन्द्र कार्कीसँग बिहे गरेकी हुन् । अब उनी अमेरिका उड्ने तयारीमा छिन् । नेपाली सिनेमा क्षेत्रमा एक दशक बिताएकी

नायिका रेजिना उप्रेती पनि लण्डनमा रहेका एक नेपाली युवकसँग बिहे गर्ने तयारीमा छिन् । सुरज नाम गरेका लण्डन निवासी युवकसँग बिहे गरी रेजिना उत्तै बस्ने तरखरमा रहेको बुझिएको छ । नेपालमा रहँदा नायिका उप्रेतीको नाम निर्देशक शोभित बस्नेतसँग लामै समय जोडिएको थियो ।चलचित्र सुनचाँदीमा ‘ए संगीता…..’ बोलको गीतमा नृत्य गरेर तहल्का मच्चाएकी नायिका सारंगा श्रेष्ठले पनि अमेरिकामा नै बसोबास गर्दै आएका आफूभन्दा २ बर्ष कान्छा रमेश कार्कीसँग बिहे गर्ने तयारीमा छिन् । उनले मंगलबार बेलुकी मात्र इन्गेजमेन्ट गरेकी हुन् ।सिनेमा क्षेत्रमा लामो समयसम्म टिक्न नसक्ने र भविष्य नभएपछि नायिकाहरु घरजम गर्दैछन् । सुरक्षित भविष्यको लागि उनीहरुले अमेरिकामा रहेका युवाहरुलाई आफ्नो पहिलो रोजाइमा पारेको देखिन्छ ।

0 comments:

Post a Comment