Breaking News
Loading...
Friday, December 28, 2012

Info Post
सौराहा,पुस १३ - युवतीहरु र्‍याम्पमा उत्रँदा जति रौनकता छरिन्थ्यो। त्यो भन्दा बढी रौनकता आज यहाँ भएको हात्ती सुन्दरी प्रतियोगिताको फाइनलमा देखियो। मानिसले झै जनावरले सिकाए सिक्न सक्छ भन्ने प्रमाण हात्ती सुन्दरीहरुले दिलाइदिए। उनीहरुले आफ्ना निखारिएको सुन्दरता मात्र प्रस्तुत गरेनन्। सभ्य मानिसले गर्ने व्यवहारलाई पनि सहजै देखाइदिए। 'सिकाउन सके साँच्चै नै जनावरले बढी नै कुराहरु सिक्न सक्दा रहेछन्, 'काठमाडौंकाट आएका संजीव श्रेष्ठले भने, 'तरुनीले झै कम्मर मर्काउने र क्याटवाक गरेको देख्दा अचम्मै लाग्यो।'
बाघमारा चौरको हरियो दुबोको कार्पेटमा तीन सुन्दरी हात्तीले क्याटवाक गर्दा दर्शकहरुको वाहावाहीले सौराहा नै गुन्जायमान बन्यो। नेपालीमात्र हैन विभिन्न देशबाट सौराहा घुम्न आएका पर्यटकहरुले पनि हात्ती सुन्दरी प्रतिस्पर्धालाई 'वाउ फेन्टास्टिक' भनेर प्रशंसा गरे। क्याटवाकसँगै आफ्ना कलाले सुन्दरीहरुले दर्शकलाई मन्त्रमुग्ध बनाए। कोरीबाटी सहित चुल्ठी बाटेर पाउजुमा सजिएका थिए सुन्दरी ।
युवतीले जस्तै शरिरभरी सिंगार पटार, शीरमा कल्की,जिउमा सुन्दर कपडा र खुट्टाका नङ पलिस लगाइएको सुन्दरी हात्ती र्या म्पमा उतारिएको थियो । पहिलो दिन बिहीबार पाँच सुन्दरीबीच प्रतिस्पर्धा चलेको थियो। त्यहाँबाट छानिएका ८ वर्षीया प्रकृतीकली,२४ वर्षीया चितवनकली र २५ वर्षीया पिंकीकलीले फाइनल यात्रा तय गरेका थिए । चालढाल, ढंग र कलासँगै उमेरकै सुन्दरताले पनि परिपक्व चितवन निकुञ्जकी चितवनकली अगाडि देखिइन। प्रकृतिकली अलि बढि उमेर भएकीले फस्ट रनरअप मात्र हुन सफल भइन्। तीन हात्तीबीचको प्रतिस्पर्धामा चितवनकलीले यस वर्षको हात्ती सुन्दरीको ताज पहिरिन। पिंकीकलीको सुन्दरता कम निखारिएकाले पनि उनले तेस्रो मै चित्त बुझाउनु पर्यो । सुन्दरी हात्तीलाई प्रमुख अतिथि सूचना तथा संचारमन्त्री राजकिशोर यादवले ताजको प्रमाणपत्र प्रदान गरे।
हात्तीलाई रिझाएर मानिसकै स्वाभाव सिकाउँदा यसले विदेशी पर्यटक रिझाएर देश भित्र्याउने भएकाले सौराहाको काम प्रशंसनीय भएको बताए। 'यो कस्तो कार्यक्रम होला भन्ने सोच्दा यो महत्वपूर्ण कि त्यो काठमाडौंको राजनीति महत्वपूर्ण भनेर दोधारमा परेँ,' उनले भने, 'एक किसिमको नौलोपन र नयाँ उत्साह जागेर आएको छ ।' चितवनकलीमा एउटा जवान युवतीमा जस्तै गुण भएकाले पनि पहिलो हुन सफल भएको निकुञ्जका हात्ती व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर चौधरी बताउँछन्। एउटी सानै देखिइ अर्कीको अली सुन्दरता निखारिएन उनले प्रतियोगिताको नतिजाका बारेमा भने त्यसैले पनि निकुञ्जकै हात्ती सुन्दर ठहरिन्। सुन्दरी हात्तीका बारेमा माहुतेहरुले पनि निकै मेहनत गरेको एक माहुत पुन्टे कुमाल उल्लेख गर्छन्। खुबै मेहनत गर्नुपर्योु,' हात्ती सिंगार्न कुमाल थप्छन्, 'घरमा दुलही सिंगार्न जस्तै मेहनत गर्नपर्यो ।'

0 comments:

Post a Comment