Breaking News
Loading...
Thursday, December 13, 2012

Info Post
युक्रेनी संसदको नयाँ सत्र हिजो नाटकीय रुपमा सुरु हुँदा संसद भवनभित्र सांसदहरु भकुराभकुर गरे भने भवन बाहिर महिलाहरुले नांगो प्रदर्शन गर्न भ्याए ।
माइनस ३ डिग्री सेल्सियसको चिसो तापक्रममा पनि संसद च्याम्बरभित्र सांसदहरुको लडाइँ तथा बाहिर टपलेस महिलाहरुको तमासाले माहोल निकै तातेको थियो । विपक्षी नेतृलाई विनाकारण जेलमा हालिएको विरोधमा महिला अधिकारवादी संस्था फिमेनसँग आबद्ध महिलाहरु संसद भवन बाहिर टपलेस प्रदर्शनमा उत्रिएका हुन् ।

अक्टोबरको विवादास्पद चुनावपछि पहिलोपटक बसेको संसद बैठकमा दुइजना सत्तारुढ दलका सांसदलाई सपथग्रहण लिनबाट विपक्षी सांसदहरुले रोकेपछि हंगामा भएको थियो । कट्टरपन्थी राष्ट्रवादी दलका सांसदहरुले सत्तारुढ दलका बाउछोरा सांसदलाई सपथग्रहण गर्न नदिन ढोका नै थुनेर बसेका थिए ।

संसद भवनभित्र सांसदहरुको धक्कामुक्की चलिरहँदा बाहिर टपलेस महिलाहरुको प्रदर्शन निकै रोचक थियो । उनीहरुले संसद भ्रष्ट सासकहरुको अखडा भएको भन्दै विनाकारण जेलमा राखिएकी विपक्षी नेतृलाई रिहा गर्न माग गरेका थिए । ती अर्धनग्न महिलाहरुलाई केहीबेरमा पुलिसले पक्रेको थियो ।

0 comments:

Post a Comment