झण्डै दुई बर्षे विश्राम पश्चात अरुणिमा लम्साल क्यामेराको अगाडी एक्सन कटमा रमाईन् । हुनत यो दुई बर्षको विश्राममा उनले संसारको सवैभन्दा धेरै खुशी बटुल्ने क्षण (आमा बन्ने मौका) पाईन् त्यसैले दुई बर्षे विश्राम उनका लागि कुनै गुनासो थिएन । छोरी हुर्किसकेपछि फिल्ममा कमब्याक हुँदा बडी फिगरमा पनि त्यतिकै मिहिनेत गरेर फर्किएको उनले पुष्टी पनि गरेकी छिन् ।कमब्याक फिल्म उर्वशी उनको लाईफको कस्तो ट्रान्जिट बन्ला त्यो भोलिको कुरो तर पूर्ण रुपमा डिजिटलाइज भएको सुटिङ सेटको वातावरणको सहजताले उनलाई प्रफुल्लित बनाएको छ । मनिष पन्थको निर्देशनमा उर्वशीको ३८ दिनको दिन सुटिङ प्याकअप भएको छ ।
यसै क्रममा किशोर खतिवडासंग रोमान्स गरेको अरुणिमाका केही तस्बिरहरुलाई फिल्मीखबरले सार्वजनिक गरेको छ । यो फिल्ममा अरुणिमा निकै महत्पूर्ण पाँच सिन र एक गितमा देखिने निर्देशक पन्थले जानकारी दिए । फिल्मको सेन्ट्रोल प्रोटोगोनिष्ट उर्वशी चाहि नीता ढुङगाना हुन् ।

0 comments:
Post a Comment