Breaking News
Loading...
Wednesday, December 26, 2012

Info Post

ग्ल्यामर नेपाल डट कम, पुस ११-  परिवारकी साईली छोरी भए पनि परिवार सबैले मलाई छोरा सरह नै लिन्छन् । बुबाले बोलाउदा साईला छोरा भनेर बोलाउनु हुन्छ भने भाई बैनिले साहिलो दाई । मलाई जन्म दिने आमा धेरै अगाडी बित्नु भयो । लगभग २२-२३ वर्ष भयो होला । आमा नभएकोले पनी मलाई परिवारका अन्य सदस्यले छोरा सरह गरेका हुन्। आमाको मृत्यु भए पनि मेरो आमाको चहाना म ठुलो मान्छे होस्, धेरै चर्चा कमाओस् भन्ने थियो । आमाको त्यो चाहना पुरा कलाकारीताबाट गर्न सक्छु जस्तो लागेर म कलाकारीतामा नै लागे । मेरो घरमा आमा नभए पनि बुबा भने हुनुहून्छ । उहाको अहिले बृद्ध भएको छ ।  घर भित्रको मेरो मुख्य जिम्मेवारी उहाको श्यार सुसार हो। आमा नभएकोले बुबालाई नै आमाबुबा दुबै ठानेर आफुले गर्नु पर्ने कतब्र्य गरिरहेको छु ।

म अबिबहित भएर पनि होला, मेरो बुबाका सबै भन्दा ठुलो चिन्ता मेरा बिवाहको छ । घरमा बुबाले सधै मेरो बिबाह गरेर मर्ने चाहना भएको सुनाईरहनु हुन्छ । बिबाह कै कुरा गर्दा भर्खरको एउटा घटना मलाई याद आयो । त्यो घटना डिसेम्बर २१ संग सम्बन्धीत छ । डिसेम्वर २१ मा पृथ्बी ध्वस्त हुने हल्लाले मेरो बुबालाई पनि त्रसित बनाएछ। त्यसैले उहाले अचानक मलाई बिराटनगर घरमा बोलाएर बिबाहका कुरा गर्नु भयो । उहालाई मेरो चिन्ता छ भने म पनि कार्यक्रमको सिलसिलामा बाहीर रहनु पर्दा उहाको चिन्ता गर्छु । कामकै सिलसिलामा बाहि र रहनु पर्दा दुःख पनि लाग्छ मलाई। कहिले काही कलाकारीता नगरेर घरमा नै बसेर बुबाको सेवा गर्ने सोच मनमा पलाउछ । तर घर भित्रको कर्तब्यले त्यसो गर्न दिदैन मलाई। घर भित्र म दुई भाईको पनि दिदी हो । आमाको मृत्यु भए पछि बबाले कान्छी ल्याउनु भयो । त्यो बेला देखि मैले ति भाईहरुको पनि श्याहारसुसार गर्ने गरेको छु ।

परिवारका सबै सदश्य मेरो निर्णय बेगर कुनै काम गर्दैनन्। यो हिसाबले पनि म परिवारको मुली भएको छु । घरभित्रको सबै जिम्मा पनि मेरै हो भने अर्का दाईत्व पनि छ म मा परिवारका सदश्यलाई सामाजिक कार्यमा लाग्न  प्रेरित गर्ने । यी कर्तब्यले पनि मलाई परिवारका अन्य सदश्य भन्दा जिम्मेवार बनाएको छ । त्यसैले म भन्दा साना सदश्यले भलाई साईलो दिदी नभनी साईलादाई भन्छन् ।

मेरो ठुलो भाई बेलायतमा अध्यएन गरिरहेको छ। उ उता भए पनि मैले उ प्रति गर्नु पर्ने कर्तब्य निर्बाह गरिरहेको छु। अहिले उ तिस बर्षको भैसकेको छ तर पनि मलाई सानै छ जस्तो लागीरहन्छ। त्यसैले भाईको बिबाह गर्नु पर्ने कर्तब्य मैले निर्बाह गर्न बाकी छ । मलाई भाईहरुको चिन्ता भए जस्तै भाइहरुलाई पनि मेरो एक कुराको चिन्ता छ। त्यो हो बिबाहको। त्यसैले बिदेशमा भएको भाईले पनि मलाई विवाह कहिले गर्ने भनेर सोध्ने गरेको छ। यस कुरामा म केही जबाफ दिन्न ति कुरामा । त्यसैले उनिहरु जिस्काउदै भन्छन् -'दिदिले विवाह नगरे हाम्रो पालो आउदैन। दिदिले यसै गर्ने हो भने यो जुनि यति कै बित्छ । बिराटनगरमा नै अध्यएन गरिरहेका कान्छो भाई म संग डराएर बोल्छ। उसको पढाई लेखाईको जिम्मा पनि मेरै हो। दुई दिदी र बैनीको भने बिबाह भैसकेको छ। चाडपर्बमा उनिहरु आफ्नो परिवार सहित माईत आउदा निर्बाह गर्नु पर्ने कर्तब्य पनि मैले निर्बाह गर्नु पर्छ । अहिले काठमाडौकै बानेश्वरमा ठुलिदिदि र कान्छि बैनी म संग नै बस्छन् । उनिहरुको पनि आश्यकता पुर्ती गर्ने जिम्मा मेरो नै हो । - दिपा श्री निरौला (हास्य कलाकार)

0 comments:

Post a Comment