Breaking News
Loading...
Monday, December 31, 2012

Info Post

महिला हिंसाप्रति राज्य गम्भीर नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा पीडित परिवार, अधिकारकर्मी, नागरिक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधि, युवा जमातको साथमा नेपाली फिल्म उधोगका सेलिब्रेटीहरू पनि पीडकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
 
सुरक्षा दिनुपर्ने प्रहरी र प्रशासनले नै बलात्कारजस्तो जघन्य अपराध गर्दा पनि राज्यले चासो नदिएको र पछिल्लो समय महिलामाथि आक्रमण र हिंसाका घटना बढेको भन्दै त्यसको रोकथामका लागि सरकार चनाखो हुनुपर्ने जस्ता थुप्रै माग राख्दै सेलिब्रेटीहरू पनि धर्ना दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आईतवार नायिका प्रियंका कार्की, नम्रता श्रेष्ठ, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, नायक कर्म, रेमनदाश श्रेष्ठ लगायतका सेलिब्रेटी बालुवाटार धर्ना दिन पुगेका थिए भने सोमबार प्रियंका र कर्मले निरन्तरा दिएका थिए ।


महिला माथी भएका बलत्कार र अन्य हिंसा बिरूद्धको अभियानलाई केहि गत बर्ष देखि सञ्चालनमा आएको महिला चलचित्रकर्मी मञ्चले पनि साथ दिने भएको छ । मञ्चकी अध्यक्ष मौसमी मल्लले माग्ने र दिन नसक्ने नेपालीहरूको ठूलै समस्या भएपनि आवाज उठाउन पर्ने बताईन् । उनले सरकारले महिलाको आवाज नसुने कालीको रूप धारण गरेर सडका उत्रने चेतावनी समेत दिईन् । 'अन्याय र अत्याचारको लागि जब महिला सडकमा कालीको रूप धारण गरेर उत्रन्छन् त्यसपश्चात राज्यमा ठूलो आतंक मच्चिने छ', मौसमीले भनिन् ।


महिला हिंसाको अभियानमा जुटेकी नायिका प्रियंका कार्कीले पुरूषहरूलाई जस्तै महिलाहरूलाई पनि बिना डर त्रास सजिलै हिड्न सक्ने अवस्थाको सिर्जना गरेमा महिला हिंसा कम हुने बताईन् । 'हामी एक्लै सडकमा हिड्न सक्ने अवस्था छैन । रातभर सुरक्षामा खटिएका प्रहरीकै चपेटामा हामी पर्नु पर्ने अवस्था छ', उनले भनिन्, 'हिजो शिवा हासमी, सरस्वती सुवेदी पिडीत भए भोली म पनि यसको शिकार हुन सक्छु । त्यसैले यो अभियानले टुंगो नपाउँदासम्म मेरो साथ र सहयोग रहनेछ ।' आफू फिल्मकर्मी भएको नाताले सबै फिल्मकर्मीहरूलाई यो अभियानमा साथ दिएर सफल पार्न प्रियंकाले आग्रह गरिन् ।


यस्तै लेखक तथा निर्देशक विकास आचार्यले मान्छे जति शिक्षित हुँदै गए त्यति नै हिंस्रक बन्दै गएको बताए । देशको कानुन कमजोर भएकाले यस्ता हिंसाहरू दिन प्रतिदिन बढ्दै गएको उनको भनाई छ । देशको कानुनलाई व्यङ्ग्य गर्दै आचार्य भन्छन्, 'जब हाम्रो देशको दण्ड सुत्छ तब जनताहरू जाग्छन्, अब दण्ड जाग्छ अनि जनताहरू सुत्छन् ।' फिल्म र यसका काम गर्ने फिल्मकर्मीहरू समाजको ऐना भएकाले हिंसाको बारेमा चेतना जगाउन फिल्म उपयुक्त माध्यम भएको बताउँदै आचार्यले फिल्ममा यो बिषयलाई गम्भिरताका साथ प्रस्तुत गर्नुपर्ने बताए ।


Source: FilmyKhabar

0 comments:

Post a Comment