चलचित्र निर्देशक समाजमा केही हप्तादेखि रिक्त रहेको महासचिव पदको जिम्मेवारी दिनेश डिसीलाई दिइएको छ । गत कात्तिक १ गते मनोनित हुदै कार्यसमिति सदस्यमा मनोनित गरिएका डिसीलाई सचिव एम.एस. अग्रजको प्रस्तावमा महासचिव बनाईएको हो ।यस अघि राजेन्द्र उप्रेतीले पारिवारिक कारण जनाउदै महासचिव पदबाट राजिनामा दिएका थिए जुन रिक्त स्थानलाई पूर्ति गर्दै आज बसेको समाजको कार्यसमिति बैठकले डिसीलाई सो पावर दिएको हो । यस्तै निर्देशक सुमन दाहालका अनुसार आजको कार्यसमिति बैठकले सह–कोषाध्यक्ष राजु केसीलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । दाहालका अनुसार रिक्त डिसीको सदस्य पद र राजुको सह–कोषाध्यक्ष पदमा अर्को पटक बस्ने कार्यसमिति बैठकले उपयूक्त ब्यक्ति चयन गर्नेछ ।
माग पूरा हुने प्रतिबद्धता सहित सरकारले लचकता देखाएपछि हिजो अनसन तोडिएको खुशियालीसंगै अहिले निर्देशक समाजमा तिहारको बाताबरण छाएको छ जसकारण अनसन सकिएको भोलीपल्टै समाजले डिसीको क्षमतालाई मध्यनजर गरी पावरफुल कार्यसमिति डिजाईन बनाउन सुरु गरेको हो ।
0 comments:
Post a Comment