नायक साहरुख खान आफु पुरुष भएर जन्मिएकोमा पछुताएका छन् । दिल्लीमा सामुहिक बलात्कारको शिकारमा परेकी एक युवतीको निधन भएपछि साहरुखले आफु पुरुष भएकोमा पछुतो मानेका हुन् । युवतीको निधन भएको खबर सुनेलगतै साहरुखले ट्विटरमा लेखेको अंश यस्तो छ :
१.हामीले तपाइलाई बचाउन सकेनौ । तर तपाइ एउटा ठूलो आवाज हो । तपाई बहादुर सानी युवतीले हामीलाई बताइरहनु भएको छ कि बलात्कार एउटा गल्ति मात्र होइन ।
२. बलात्कारलाई कामुकताको प्रतीकको रुपमा हाम्रो संकृती र समाजमा परिभाषित गरिएको छ र मलाई धेरै नै धिक्कार लागेको छ कि म यो समाज र संकृतिको एउटा हिस्सा हुँ ।
३. मलाई धेरै नै धिक्का। छ किनकी म एउटा पुरुष हुँ । म वादा गर्छु कि तपाइको आवाजलाई लिएर लड्ने छु । मैले महिलाहरुको सम्मान गर्छु अनि मात्र मलाई मेरी छोरीको सम्मान मिल्छ ।
साहरुख आफ्नी १२ बषिर्य छोरी सुहानालाई खुबै माया गर्छन् । साहरुख एक सुपरस्टारसँगै राम्रा श्रीमान र पिता पनि हुन् ।

0 comments:
Post a Comment