Breaking News
Loading...
Monday, December 24, 2012

Info Post

नायक जिवन लुइटेल र नायिका निता ढुंगानाको मुख्य भुमिका रहेको चलचित्र ‘नोटबुक’को कथासार सार्वजनिक भएको छ । चैत्र ३० गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्रको कथासार सार्वजनिक भएको हो ।योगेश घिमिरेको निर्देशनमा प्रज्ञा जोशीले निर्माण गरेको चलचित्रले ५० बर्षपछिको नेपालको भविष्यलाई चित्रित गरेको छ । २ घन्टाको सेरोफेरोमा घुमेको यो चलचित्रको मुख्य स्वरुप भने यस्तो छ :
कसैको भविष्यको सपना बन्न सक्छ नोटबुक
कसैको विछोडको साथी बन्न सक्छ नोटबुक
कसैको मिलनको उत्सव वन्न सक्छ नोटबुक
तर संसार भर छरिएर रहेका नेपालीको प्रेरणा बन्न सक्छ नोटबुक
चलचित्रको मुख्य कथासार नै यही रहेको निर्देशक योगेश घिमिरेले अनलाइनखबरलाई बताएका छन् । प्रस्तुत कविता चलचित्रमा क्लाइमेक्स पश्चात राखिने छ । करिब ८० लाखको सेरोफेरोमा बनेको चलचित्रबाट आफु निक्कै उत्साहित भएको निर्देशक घिमिरेले अनलाइनखबरलाई बताए । यसैबिच चलचित्रको अडियो तथा वेबसाइट आइतबार एक कार्यक्रम गरी सार्वजनिक गर्ने तयारी निर्माणपक्षले गरेको छ ।

0 comments:

Post a Comment