Breaking News
Loading...
Sunday, December 30, 2012

Info Post
एजेन्सी, पौष १५ । गौंडाको रात्री प्रेमालापको बारेमा कसलाई जानकारी थियो, सायद कसैलाई थिएन । किनकी, यसअघि गैंडाको यस किसिमको प्रेमालापको बारेमा केही सुनिएकै थिइन । तर, जब वैज्ञानिकहरुको एक टोली यिनीहरुको एक रहस्यमयी जीवनको बारेमा अध्ययन गर्न निस्किए तब अचम्मको तथ्य फेला परेको समाचार एजेन्सी बीबीसीले जनाएको छ । वैज्ञानिकको लागि उक्त अध्ययन अद्भुत भएको जनाइएको छ, कारण अध्ययनबाट हात्ती र गैंडा सम्बन्धी केही यस्तो तथ्य बाहिर आयो । जुन एकदमै अचम्मको थियो । समाचारका अनुसार सामान्यतया अलग–अलग जीवनशैली बिताउने गैंडालाई पहिलो पटक क्यामरामा प्रेम गरिरहेको देखिएको दाबी गरिएको छ । त्यस्तै हात्तीले भने आफ्नो रौं, कान र सुँडले तापक्रम नियन्त्रित गरिरहेको पाइएको जनाइएको छ । हात्तीको शरीरमा सानो–सानो रौं हुन्छ, मानिसको जस्तै । जसले हात्तीको शरीरको तापक्रम नियन्त्रण गर्छ । त्यस्तै अफिकामा भने हात्तीको कानले शरीरलाई चिसोपना बढाउन मद्दत गर्ने जनाइएको छ । तर, एशियाका हात्तीहरुले भने आफ्नो सुँडबाट शरीरको तापक्रम कम गर्ने गरेको जनाइएको छ । त्यस्तै अफ्रिकाका हात्ती जति सामाजिक खालका हुन्छन्, त्यति नै रिसाहा र डरछेरुवा स्वभावको हुने समेत समाचारमा उल्लेख गरिएको छ । अर्कोतर्फ गैंडामा गरिएको अध्ययनले गैंडामा पनि केही अचम्मको स्वभाव भएको पाइएको छ । विश्वमा ५ किसिमको गौंडा पाइने गरेको उल्लेख गरिएको छ । गैंडा र हात्ती मानसिक रुपमा सामाजिक हुने र सामाजिकता कुशल ढंगले निभाउने अध्ययनले देखाएको बताइएको छ । त्यस्तै एक रोचकपक्ष भनेको जनावर सम्बन्धी बृतचित्र बनाउनेहरुले पहिलो पटक कालो वर्गका गैंडाहरु एकल जीवनशैली छोडेर पानी भएको एकस्थानमा रात्रीको समयमा भेला भएको भेट्टाए । बृतचित्र सुटिङको समय गैंडाहरु एकआपसमा मिलेजुलेको देखिएको बताइएको छ । त्यस्तै एक गैंडाले भने विपरित लिंगी गैंडालाई फकाईरहेको समेत देखिएको दाबी गरिएको छ । त्यस्तै समाचारमा दाबी गरिएको छ कि यसअघि गैंडा प्रेमालापमा डुबेको देखिएको थिइन् । यसपटक भने गैंडाको प्रेमालापलाई क्यामरामा कैद गरिएको जनाइएको छ ।


0 comments:

Post a Comment