Breaking News
Loading...
Wednesday, January 2, 2013

Info Post

सन् २०१३ मा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’ को फस्ट लुक सार्बजनिक गरिएको छ । नयाँ बर्षको अवसरमा चलचित्रको फस्ट लुक सार्वजनिक गरिएको हो । साहरुख खान र दिपिका पादुकोण अभिनित चलचित्रको फस्ट लुक सार्वजनिक सँगै यसको चर्चा पनि बढेको छ ।चलचित्रमा नायक साहरुख खानको लुक्स निक्कै भिन्न लाग्छ । साहरुखको यो रुपले उनका फ्यान र दर्शकलाई उत्सुकतामा वाधेको छ । बलिउडमा मसलेदार सिनेमाको माग बढिरहको समयमा साहरुखले पनि आफुलाई यस्तै सिनेमामा उभ्याएका हुन् ।

नायक साहरुख खानले सिनेमाको फस्ट लुक ट्विटरमार्फत सार्वजनिक गरेका हुन् । साहरुखले आफुलाई हरेक सिनेमामा नयाँ गेटअपमा प्रस्तुत गर्दै आएका छन् । ‘चेन्नाई एक्सप्रेस’ मा उनको रुप र गेटअप देखेर धेरैले यो सिनेमालाई प्रतिक्षा समेत गरिरहेका छन् ।
चलचित्रको निर्देशन रोहित सेट्टीले गरेका हुन् । नायक साहरुख खान र दिपिका पादुकोणको जोडी यसअघि ‘ओम शान्ति ओम’ मा तहल्का मच्चाउन सफल भएको थियो । यो चलचित्रले पनि भारत लगायत विश्वमा धुम मच्चाउने धेरैको अड्कल छ । चलचित्रलाई भारतमा मात्र ३८०० पर्दामा प्रदर्शनमा ल्याउने तयारी गरिएको छ ।

0 comments:

Post a Comment