Breaking News
Loading...
Wednesday, January 2, 2013

Info Post

धन्दा फिल्म कतिले हेर्नु भएको छ ? यादि हेर्नु भएको छैन यहाँ उल्लेख गरिएको समाचारको बिषयमा जानकारी पाउन तपाईले यो फिल्मको ट्रेलर मात्र हेरे पनि पुग्छ । यो समाचार सम्प्रेशण गर्नु फिल्मीखबरको खबरदारी अभियान पनि हो । किन कि सार्वजनिक सम्पत्ति क्षति गर्दा त्यसको भरपाई हुन जरुरी छ । र, यस्तै भरपाईको अवस्था धन्दा फिल्मको हकमा पनि देखिएको छ ।

ट्रेलरको ४१ सेकेण्ड देखि ४६ सेकेण्डमा गएर हेर्नुस् जहाँ सडक बारलाई कारले भत्काईदिएको छ जुन सिन फिल्म सुटिङ गर्दाको बास्तबिक हो । र, यहि सिनको बिषयमा अब धन्दा फिल्म निर्माण गरेको कम्पनी फ्राईडे फिल्मले क्षतिपूर्ति ब्यहोर्नु पर्ने अवस्था आएको हो । बार भत्किएको स्थान रामशाह पथ नेपाल टुरिजम बोर्डको देब्रे तर्फको बाटो हुँदै भद्रकाली मन्दिर पुग्ने बेलाको ओभरहेड ब्रिजसंगैको हो ।


समाजकल्याण परिषद अर्न्तगत रहेको यो सडक बारलाई फ्राईडे फिल्मसले सुटिङ सकिएको ६ महिना वितिसक्दा पनि पुनः निर्माण गरिदिएको छैन जुन बिषयमा फिल्मीखबरले चासो राख्दा परिषदले बार क्षतिपूर्ति भरपाईको बिषयमा एक्सन सुरु गर्न लागेको हो । 'यो बिषयमा हामीलाई थाहा थिएन तर तपाईले भनेपछि हाम्रो ध्यानाकर्षण भएको छ', परिषदका सहायक निर्देशक रामराज भट्टराईले प्रतिक्रिया दिए । भट्टराईले क्षतिको सम्बन्धमा भृकुटीमण्डप सञ्चालन कार्यालयले सम्पूर्ण विवरण पेश गरी कारबाहि अघि बढाईने बताए ।

यस्तै भृकुटीमण्डप सञ्चालन समितिका नायव सुब्बा सुशिल चौधरीले पनि क्षतिको विवरण संकलन गरी बार भत्काएको सम्बन्धीत फिल्म कम्पनीलाई तुरुन्तै चिठ्ठी काट्ने बताए । यता फिल्म निर्माण युनिटले सुटिङका बेला अचानक गाडी ठोक्किन पुग्दा बार भत्किएको बताएको छ । सो समयमा ठोक्किएको गाडी बनाउन निर्माण युनिटले थुप्रै पैसा खर्चिनु परेको थियो । कति खर्च भयो भन्ने बिषयमा निर्माता बाबुराम दाहालले खुलाएका भने छैनन् ।

सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्म गत शुक्रबार देखि देशब्यापी रिलिज भएको छ । दर्शक प्रतिक्रिया राम्रो पाए पनि यो फिल्म सिङ्गल स्क्रिनमा जम्न सकेको छैन तर मल्टिप्लेक्समा भने दर्शक संख्या बढ्दै गएको निर्माण युनिटको भनाई छ ।

0 comments:

Post a Comment