भुवन केसीको अफयेर चल्यो एटिएम गर्ल संग
Info Post
चलचित्रका नायकहरू विभिन्न कारणले चर्चामा आउँछन्, केही अभिनयका कारण चर्चामा आउँछन् भने केही बानी, व्यवहार र चरित्रका कारण । यति मात्र होइन उनीहरूले चलचित्रमा दिएका ‘बोल्ड’, सिन र एक्सनले पनि बजारमा उत्तिकै चर्चा पाउँछ ।
‘पब्लिक फिगर’ भएपछि नायकहरूको सामान्य कुरामा पनि सर्वसाधारणले चासो राख्नु स्वभाविक हो । चलचित्र क्षेत्र रंगीन दुनियाँ पनि हो । गलामा रस छउन्जेल र कलामा पहुँच रहुन्जेल सबैको आकर्षणको केन्द्रमा हुन्छन् कलाकारहरू । त्यसपछि विस्तारै विस्थापित हुदै जान्छन् ।
तर, नायक भुवन केसी भने यी कुरामा अपवाद छन् । ‘जुनी’मार्फत ४० को दशकको सुरुबाट चलचित्रको रंगीन दुनियाँमा प्रवेश गरेका भुवनले त्यसयता उद्योगमा राम्रै चर्चा कमाए । तर, त्योभन्दा बढी चर्चा उनको ‘लभ अफेयर’ले पाउने गरेको छ । उनको सानै अफेयर किन नहोस्, सनसनी मच्चिन्छ मिडियामा ।
पछिल्लो समय यिनै नायक आफूभन्दा ३० वर्ष कान्छी नायिकासँगको सम्बन्धले चर्चामा रहेको कुरा आज को नयापत्रिका दैनिक ले प्राथमिकता मा यो खबर छापेको छ । हुन त दर्जनौँ अफेयरमा तानिएका उनको यसअघिका सम्बन्धबारे पनि रोचक प्रसंग छँदै छन् । तर, पछिल्लो समय ‘एटिएम गर्ल’का नामले चिनिएकी जिया केसीसँगको सम्बन्धले उनलाई फेरि बोल्नैपर्ने बनाइदियो । सञ्चारमाध्यमले एकाएक उनीहरूको सम्बन्धबारे खुलासा गरे पनि उनले यसलाई सामान्य घटनाका रूपमा मात्र लिएका छन् ।
चलचित्रकर्मीहरूका अनुसार सार्वजनिक समारोहमा समेत उनीहरू सँगै देखिन्छन् । दरबारमार्गको दोहोरीदेखि अन्य रेस्टुरेन्टसम्म दुवै सँगै देखिन्थे । सार्वजनिक उद्घाटन समारोहमा पनि एकै रंगको पहिरन लगाएर जान्थे । रातिराति अबेरसम्म पनि उनीहरूको साथ नछुटेको देखिएकाले उनीहरूको सम्बन्ध सुमधुर भएको चलचित्रकर्मीको दाबी छ ।
कान्छी पत्नी सुस्मितासँग ‘ब्रेक’ भएपछि सामाजिक जीवनमा एक्लो भएको सुनाउने भुवनको केही समययता नायिका जिया केसीसँगको सम्बन्धबारे चर्चा चल्न थालेको हो ।
निर्देशक दीपक श्रेष्ठको ‘हो यही हो माया’ फिल्मबाट डेब्यु गरेकी झापाकी जियाले पहिलो फिल्मबाट त्यति चर्चा कमाउन सकिनन् । हुन त उनलाई निर्देशक उदय सुब्बाले पनि फिल्ममा खेलाउन चाहेका थिए । जियाको व्यक्तित्व देखेर निर्देशक श्रेष्ठले उनलाई बलिउडकी ‘करिना र क्याटि्रना’ जस्तै लुक्स भएकी नायिका भनेर प्रशंसा गरेका थिए । पछिल्लो समय निर्देशक श्रेष्ठसँग उनको सम्बन्ध थियो भनेर चर्चा पनि नचलेको होइन् ।
एटिएममा अभिनय गरेपछि उनलाई ‘एटिएम गर्ल’का रूपमा पनि चिनिन थालियो चलचित्रबजारमा । पहिलोपटक बोल्ड सिन दिएकै कारण उनी चर्चित बनिन् । यही बोल्ड सिनका कारण एटिएमको प्रदर्शनमा समेत रोक लागेको बताइन्छ । तर, एटिएमबाट सिर्जना भएको विवादलाई अन्यत्रै मोडेर जियाले भुवनसँग प्रेम सम्बन्ध बढाउन चाहेको बताइन् । भुवन आफूलाई निकै मनपर्ने नायक भएको जियाको प्रतिक्रिया थियो ।
0 comments:
Post a Comment