Breaking News
Loading...
Friday, January 4, 2013

Info Post
‘मेरो चोली यति राम्रो छ, झन भित्र के होला ‘, चलचित्र ‘स्टार’ मा समावेश एक आइटम गीतमा प्रयोग गरिएको शब्द हो यो । यो गीतमा नायिका सुमिना घिमिरेले उत्तेजक नृत्य गरेकी छिन् । गीतमा शिव बिकेले नृत्य निर्देशन गरेका छन् ।

महेन्द्र बूढाथोकीको निर्देशनमा तयार भएको यो चलचित्र चैत्र २३ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउँदैछ । चलचित्रको कार्यकारी निर्माता सञ्चारकर्मी लक्ष्मण सुवेदी रहेका छन् । चलचित्रमा सुमिना घिमिरे, निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती, रमेश बुढाथोकी लगायतका कलाकारको अभिनय छ ।
एउटा सामान्य युवती कसरी सिनेमाको स्टार हुन्छे भन्ने विषयलाई उठान गरिएको चलचित्रको आइटम गीतको शब्दले ‘चोली के पिछे क्या ह’े बोलको एक हिन्दी गीतको सञ्झना गराउँछ ।

0 comments:

Post a Comment