काठमाण्डूको जाडोले सोचे जस्तो गेटअपमा हिड्न नपाएकी प्रियंका कतारको सुहाउदो मौसममा भने मस्त
देखिएकी छिन् । जनवरी ११ तारिख अर्थात पौष २७मा कतारमा हुने कलिउडको ग्रयाण्ड प्रिमियरका लागि उनी आर्यनको साथमा अहिले दोहा पुगेकी छिन् ।
विश्व गौतमले तयार गरेको ब्ल्याक ककटेल वन पिस ड्रेसमा उनी प्रिमियर शो तयारीका लागि विभिन्न प्रोमोशनमा पनि देखिईन् । सार्वजनिक स्थलमा खुलेरै प्रोमोशन गर्दा हर्षले गदगद देखिएकी थिईन् उनी । कालि प्रियंकाको यस पटकको कतार भ्रमण दोस्रो हो । यस अघि सन् २००६मा एक कार्यक्रम होष्ट गर्न उनी कतार पुगेकी थिईन् । माघ पाँचमा अल नेपाल रिलिज हुने यो फिल्म प्रिमियरमा सहभागी हुन निर्देशक नवराज आचार्य भने पौष २४मा कतार पुग्ने छन् ।
कमर्सियल एक्सपेक्टबाट प्रतिक्षित फिल्मको लिष्टमा परेको यो फिल्मका गितहरुले अहिले म्यूजिक काउन्टडाउनहरुमा आफ्नो पक्कड बनाउदै लगेको छ । प्रियंका र आर्यनको साथमा अर्का नायक बिष्णु कार्की, निर्माता नरेन्द्र सिंह ठकुरी सहितको जम्बो टिम नै अहिले प्रिमियरका लागि प्रोमोश्नल दौडमा छ ।
KOLLYWOOD Song "Kali kali"

0 comments:
Post a Comment