डिसीनेपाल डटकम संवाददाता - भारतको दिल्लीमा सामूहिक बलात्कारको सिकार भएकी निर्दोष युवतीको विषयलाई लिएर बलिउडमा चलचित्र बन्ने भएको छ । उक्त विभत्स र पाशविक घटनामा आधारित रहेर फिल्म निर्देशक रामाना गद्दामले फिल्म बनाउने घोषणा गरेका हुन् ।
तेलुगु फिल्मको निर्देशकका रुपमा परिचय बनाएका गद्दामले यस फिल्मद्वारा भारतीय सरकार तथा भारतीय नागरिकलाई गतिलो सन्देश प्रवाह गर्ने बताएका छन् । उनले आफू उक्त संवेदनशील घटनाप्रति गम्भिर भएको र आफूले निर्माण गर्ने फिल्मका माध्यमबाट सबैलाई गतिलो सन्देश प्रवाह हुने बताएका छन् ।
उनले यस्ता प्रकारका घटनालाई गम्भिरताका साथ लिइनुपर्ने र दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने समेत बताएका छन् । उनले आफूले निर्माण गर्न लागेको सो फिल्ममा यो घटनामात्र नभएर अन्य घटना पनि समावेश गरिने बताएका छन् ।
परम्परागत रुपमा मनोरञ्जन प्रदान गर्न उक्त फिल्ममा अन्य सामग्रीलाई पनि समावेश गरिने उनले बताएका छन् । उक्त फिल्ममा किरण कुमार, अनन्या कल्याणलगायतले मुख्य भूमिकामा अभिनय गर्ने बताइएको छ ।

0 comments:
Post a Comment