Breaking News
Loading...
Monday, December 10, 2012

Info Post

२५ मंसिर, सल्यान । अल्पसंख्यक राउटे समुदायकी ४० बर्षकी जीवा शाही २२ औं पटक गर्भवती छिन् । भुपडीमा न खाने अन्न छ, न त न्यानो कपडा । बस्दै आएको भुपडीले शीत थाम्दैन । दस महिनाको छोरा छाडेर उनी पति हरिबहादुरसँगै अन्न जुटाउन निस्केकी छिन् । जीवा र हरिबहादुरका १८ जना सन्ताहरु सवै जन्मेको तीन बर्ष नपुग्दै बिते ।

गत बर्ष कात्तिकमा दाङ पुरन्धाराको राउटे बस्तीमा भएको आगलागीमा चार र तीन बर्षका दुई छोरी तथा दुई बर्षका छोरा गुमेपछि उनीहरु सन्तानबिहीन भए । माघमा छोरा जन्मियो । ‘एउटा छोरा मात्र छ,’ दुईसाता अघि घट्टेखोलाछेउ बस्दै आएका राउटेले भने ‘दुःख जति राउटेलाई नै आइलाग्छ कि के हो ?’ फिरन्ते राउटे समुदायका सहायक मुखिया राउटेले आफ्ना कुनै सन्तानको नाम राख्न पाएका छैनन् । राउटे समुदायमा १२ बर्ष पुगेपछिमात्र न्वारान गर्ने चलन रहेको खबर कान्तिपुर दैनिकले छापेको छ । जीवा मात्र नभएर राउटे समुदायका सवै महिला प्राय हरेक बर्ष गर्भवती हुने गरेका छन् । राउटेका मुखिया मैनबहादुर शाहीकी पत्नी दुनीले पनि १३ सन्तान जन्माएकी छन् । उनीहरु शारीरिक रुपमा अपरिपक्व अवस्थामै गर्भवती हुने गरेकोले धेरैको गर्भ तुहिएको र बच्चा जन्मेपनि निमोनिया र कुपोषणले शिशु अवस्थामै मृत्यु हुने गरेको राउटे उत्थान प्रतिष्ठानले जनाएको छ ।एजेन्सी

0 comments:

Post a Comment