Breaking News
Loading...
Monday, December 10, 2012

Info Post
करोडौँ मुटुहरुकी ढुकढुकी, नेपाली र हिन्दी चलचित्र जगत कि अबल दर्जाकी प्रसिद्ध नायिका, नेपाली चेली मनिषा कोइरालाको आज न्युयोर्कको एक अस्पतालमा शल्यक्रिया हुने भएको छ। तेस्रो चरणमा पुगिसकेको क्यान्सर उपचारका लागि मनिषा आठ दिनअघि अमेरिकाको न्युयोर्क पुगेकी थिइन्। उपचारका लागि उनी आमा र भाइसहित न्युयोर्क पुगेकी हुन्। बिहीबारै शल्यक्रिया गरिने निश्चित भए पनि प्रयोगशाला परीक्षणपछि चिकित्सकले शल्यक्रिया सोमबार गर्ने निर्णय गरेका थिए। ४२ बर्षीया मनिषा ओभारियन क्यान्सरग्रस्त भएको छ। उपचारमा संलग्न चिकित्सकले मनिषाको शल्यक्रिया जटिल रहेको र शल्यक्रिया गर्न लगभग पाँच घन्टा लाग्ने बताए । अमेरिकामा रहेका उनका आफन्त र साथीहरू न्युयोर्कमा भेला भएका र सफल शल्यक्रियाका लागि प्रार्थना गर्ने भएका छन्। उनको सफल शल्यक्रिया र स्वास्थ्य लाभका लागि भारतमा समेत उनका मित्र र प्रशंसकले प्रार्थना गर्ने बताएका छन्।

0 comments:

Post a Comment