Breaking News
Loading...
Saturday, January 5, 2013

Info Post

कक्षा चारमा पढ्दा सरले सुख पर्दा नमात्तिनु दु:ख पर्दा नआत्तिनु भन्नु भएको कुरा अहिले पनि मेरो मन्स्पटलमा गुञ्जिरहेको छ । बिर्सन्छु कि भनेर मैले यो कुरालाई नोटबुकमा पनि लेखेर राखेकी छु', फिल्म नोटबुकको डबिङ गर्न रेड स्टुडियो पुगेकी नीताले फिल्मीखबरसँगको नोटबुक गफमा भनिन्, 'उहाँले भनेको कुरालाई मैले अहिलेसम्म पालना गर्दै आएकी छु जसले गर्दा मेरो करियरमा त्यस्तो कुनै असर देखिएको छैन ।'

जीवनका सुख दु:खका पलहरूलाई नोटबुकका पानामा शब्द चित्रले भरिन्छ तर नीता भने आफ्ना जीवनमा आएका सुखद क्षणलाई मात्र नोटबुकमा उतार्ने गरेको बताउँछिन् । 'दु:खका कुराहरूलाई कति पटक लेख्ने कोसिस पनि गरें तर सकिन', नीताले भनिन्, 'आज भोली अलि अल्छि भएकी छु त्यसैले लामो समय भयो मेरा नोटबुकका पाना खाली भएका ।' नोटबुकमा दु:खलाई बिर्सनु पर्छ र सु:खलाई मात्र स्मरण गर्नुपर्छ भन्ने उनको मान्यता छ ।

नीता भन्छिन्- 'जब म नोटबुक पल्टाउँछु अनि रमाउँछु ।' जसरी उनी आफ्ना नोटबुक पल्टाएर रमाउँछिन् त्यसैगरी दर्शकहरू पनि नोटबुक फिल्म पल्टाउँदा रमाउने बताउँछिन् । उनी भन्छिन्- 'मैले अभिनय गरेका फिल्म मध्येको यो उत्कृष्ट भित्रमा पर्छ त्यसैले दर्शकहरू नरमाउने त कुरै भएन ।' फिल्मले मनोरञ्जनको साथमा नयाँ टेस्ट दिने समेत उनको दाबी छ । जीवन लुईटेल र शेन सापकोटासँग अनस्क्रिन रोमान्समा रमाएकी नीताले यो फिल्ममा नयाँ नीता ढुँगानालाई पाउने बताईन् ।

नोटबुकमा बिगतका घटनाहरूलाई उतारिन्छ तर फिल्म नोटबुकले भने ५० बर्ष पछि हुने घटनालाई उतार्ने कोसिस गरेको छ । 'निर्देशकले जे सोचेर पर्दामा उतार्नु भएको छ सायद दर्शकले त्यसलाई फिल गर्नु हुनेछ', नीताले भनिन् । उनले फिल्मका लागि आफूलाई बिश्वास गर्ने निर्माता प्रज्ञा जोशी र निर्देशक योगेश घिमिरेलाई धन्यवाद दिनै पर्ने बताईन् ।

0 comments:

Post a Comment