Breaking News
Loading...
Friday, January 4, 2013

Info Post

'धन्दा’ ब्वाइ अर्पण थापा र ‘मेरो एउटा साथी छ’ गर्ल नम्रता श्रेष्ठ अपकमिङ प्रोजेक्ट ‘मौन’ मा प्रेम जोडीको रुपमा देखिने भएका छन् । सुरज भूषालको डेव्यू निर्देशन रहने यस प्रोजेक्टमा अर्पण र नम्रताले राम्रैसँग रोमान्स गर्ने बताइएको छ । यस अघिका सिनेमाहरुमा लभर ब्वाइका रुपमा नदेखिएका अर्पण ‘मौन’ मा चाहि कसरी लभर ब्वाइको क्यारेक्टमा सेलेक्ट भए त ? निर्देशक भूषाल प्रस्ट्याउँछन् , ‘अर्पण थापा अहिलेसम्म लभर ब्वाइको रुपमा नदेखिनु भएकै कारण हामीले उक्त रोलमा उहाँलाई लिएका हौ ।’
Arpan Thapa

उसो त अर्पण पनि उक्त रोलको लागी आफु एकदमै एक्साइटेड रहेको बताउँछन । तर उनले आफ्नो क्यारेक्टरका विषयमा भने थप केही बताउन चाहेनन् । त्यस्तै नायिका नम्रता श्रेष्ठ पनि अर्पणको जोडीको रुपमा पर्दामा देखिन पाउँदा आफुलाई खुसी लागेको बताँउछिन् । प्रदर्शनमा आउन लागेको सिनेमा ‘छड्के’ मा अर्पणसँग काम गर्न एकदम सहज भएको अनुभव साट्दै नम्रताले भनिन् , ‘म अरु कलाकारसँग काम गर्न जति उत्सुक थिए त्यो भन्दा बढी अर्पण दाईसँग काम गर्न उत्सुक छु , किनभने उहाँ काम गर्न एकदमै सजिलो मान्छे हुनुहुन्छ ।’
Namrata Shrestha

नविन गौलीको निर्माण रहने सिनेमा ‘मौन’ का अन्य क्यारेक्टरहरु भने फाईनल भइसकेका छैनन । निर्देशक भूषालका अनुसार ‘मौन’ मा थिएटरका कलाकारहरु रहनेछन् । सुगम पोखरेलको संगीत रहने यस सिनेमाको केही दिन भित्रै सिनेम्याटोग्राफरसँगै अन्य कास्टहरु पनि फाइनल हुने निर्देशक भूषालले जानकारी गराए । द्धन्द्धका दृश्यहरु नरहने बताइएको यस सिनेमामा काठमाडौ भित्रका दृश्यहरुलाई मात्र कैद गरिने भएको छ । माघको दोश्रो हप्ताबाट फ्लोरमा जाने बताइएको ‘मौन’ मा ४५ लाख लगानी रहने छ ।  

0 comments:

Post a Comment