केही बर्ष अघि सिंहदरबार गेट अगाडि एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नाचेकी नायिका रेखा थापाको कमाण्डर बन्ने रहर एक सिनेमाले पुरा गरिदिएको छ । शिवजी लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘जलजला’ मा रेखा थापा, आयुष रिजाल लगायतका कलाकारहरुलाई मुख्य भुमिकामा देख्न सकिन्छ ।नेपालमा भएको १० बर्षे जनयुद्धको बिषयमा तयार पारिएको यो चलचित्र पौष २७ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउदैछ । चलचित्रमा समावेश गीतमा शब्द तथा संगीत चेतन सापकोटाको छ । कासी राम भुषालको निर्माणमा तयार भएको सिनेमाभित्र राजेन्द्र खड्गीको द्धन्द, विष्णु कल्पितको छायांकन, मौनता श्रेष्ठको पटकथा तथा संवाद, कविराज गहतराजको नृत्य निर्देशन छ ।माओवादी जनयुद्धको बिषयलाई फरक ढंगले प्रस्तुत गरेकाले पनि दर्शकले यो सिनेमा रुचाउने निर्माणपक्षको विश्वास छ ।
0 comments:
Post a Comment