चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएका कारण चर्चामा आएकी नायिका जीया केसीले आफ्नो यो छविलाई निरन्तरा दिने सोच अझै त्यागेकी छैनन् । उनले ‘एटीएम’ पछि अर्को एक चलचित्रमा पनि यस्तै दृश्य दिएर बजार तताउने तयारी गरेकी छिन् ।जीके शर्माको निर्माणमा रिम विश्वकर्माले निर्देशन गरेको चलचित्र ‘बर्बाद’ मा नायिका केसीको उत्तेजक दृश्य देख्न सकिन्छ । चलचित्रमा नायिका केसी व्यापारीको श्रीमतीको भुमिकामा देखिएकी छिन् । चलचित्रको कार्यकारी निर्माता निरञ्जन संजेल, निर्माण नियन्त्रक गणेश भण्डारी रहेका छन् ।
व्यस्त समयका कारण समय दिन नसकेका व्यापारीका श्रीमतीले परपुरुषसँग आफ्नो यौन तृष्णा मेटाउने कथालाई सिनेमाले आफ्नो मुख्य बिषयबस्तु बनाएको छ । जीके शर्माको समेत मुख्य भुमिका रहेको यो चलचित्र प्रदर्शनको क्रममा छ । चलचित्रमा नायिका केसीले थुप्रै उत्तेजक दृश्य समेत दिएकी छिन् ।
यसैबिच चलचित्रमा समावेश शिर्ष गीतलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । बर्बाद बोलको आइटम गीतमा जीयाले निक्कै हट नृत्य गरेकी छिन् । दिपक शर्माको संगीतमा तयार भएको यो गीतले सिनेमाको प्रमोशनमा समेत फाइदा पुग्ने निर्माता शर्माको विश्वास छ ।

0 comments:
Post a Comment