काठमाडौ, पुस- 'लथालिङ्ग देशका भताभुङ्ग प्रधानमन्त्रीसँग सुरक्षा के मगाई भो । बलात्कारीको लिङ्ग काट्ने स्क्वायड (हतियारधारी समूह) बनाउन पाए हुन्थ्यो', मोडल तथा लेखिका सिवानी थारुले आफ्नो फेसबुक पेजमा यस्तो वाक्यांश राखेपछि त्यसमाथि टिप्पणी गर्नेहरुको लहर चलेको छ ।
शुक्रबार बिहान शिवानीले राखेको यस्तो स्टाटसले देशभर भइरहेको बलात्कार र यौनहिंसाका घटनाका दोषीमाथि फितलो कारवाहीप्रति इंकित गर्छ ।
उनको स्टाटसलाई फेसबुकमा धेरेले लाइक गरेका छन् भने असमति र असहमतिको विचार राख्नेहरु उल्लेख्य छन् । थारु सञ्चारकर्मीका साथै लेखिका र चर्चित मोडल पनि हुन् । उनी नेपाली टेलिभिजन दर्शकका लागि नेपाल टेलिभिजनबाट प्रशारण हुने गरेको मेरो गित मेरो सन्देश नामक कार्यक्रम सन्चालिकाको रुपमा चर्चित छिन् । हाल उनी बीबीसी नेपाली सेवामा कार्यरत छिन् ।
बलात्कारीको लिङ्ग काट्नुपर्ने शिवानीको टिप्पणी
Info Post

0 comments:
Post a Comment