Breaking News
Loading...
Sunday, January 6, 2013

Info Post

चलचित्र 'अमेजिङ स्पाइडर म्यान' की स्टार नायिका एम्मा स्टोनले बेलायनमा प्रचलित रक्सी पिउने र कसम खाइहाल्ने आम स्वभाव आफूले पटक्कै बुझ्न नसकेको बताएकी छन्। डिजिटल स्पाई अनलाइन खबरअनुसार, २४ बर्षीय अभिनेत्री एम्मा अचेल बेलायती अभिनेता एन्ड्रयु गारफिल्ड संग को प्रेम सम्बन्धमा बाँधिएकी छन् तर उनलाई बेलायतीहरूका अनेक बानी-ब्योहोरा पटक्कै राम्रो लाग्दैन।
स्टोनले भनिन्, 'बेलायतमा रक्सी सेवन यति ठूलो र महत्वको कुरा किन मानिन्छ ? यसका साथै यहाँ कतिपय यस्ता शब्द र वाक्यहरू छन् जुन धेरै पटक प्रयोग भइरहन्छन्। ती शब्द र वाक्य मध्ये कति त तपाईंले अमेरिकामा उच्चारण गर्ने सम्म पनि सोच्नै सक्नुहुन्न।'
 
फोटोग्राफरहरूद्वारा तस्बिरका लागि आफूलाई पछयाइरहने गरेको सम्बन्धमा सोधिएको प्रश्नमा उनले भनिन्, 'यो सबै हेर्दा मलाई कुनै मूर्ख मानिसले गर्ने जस्तो व्यवहार गर्नेतिर विवश पारिदिन्छ। मलाई एक किसिमको अनौठो दिक्दारीले घेर्न थाल्छ, जुन मलाई पहिले कहिल्यै हुँदैनथ्यो ।'

0 comments:

Post a Comment