Breaking News
Loading...
Sunday, January 6, 2013

Info Post

इटहरी,पुस २२ । पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घर-घरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ । अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी-५ मा रहेको आफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ । 

इटहरी र यस आसपासका धनाढ्य व्यक्ति, व्यापारी र उच्च पदस्थ कर्मचारीहरुको यौनतृष्णा मेटाउन सुरक्षित तवरले कोठी चलाउँदै आएकी दाहाल पक्राउ परेपछि यहाँ कोठीसमेत चलाउन थालिएको तथ्य बाहिर आएको हो । 

इटहरीको एकान्त होटल, भोटघाट होटल तथा रेस्टुरेन्ट र शोभा दाहालको कोठीबाट केही दिनको अन्तरालमा आठजना यौनकर्मी महिला र १० जना पुरुषलाई पक्राउ परेर प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामसरु मगरले जानकारी दिनुभयो । कोठी सञ्चालक दाहालसहित पक्राउ परेका सबैलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले जनही रु आठ हजार नगद धरौटी तोकेर तारेखमा रिहा गरेको पनि प्रहरी निरीक्षक मगरले जानकारी दिनुभयो ।

भारतीय पुरुषहरुको यौनइच्छा पूरा गर्ने बजारका रुपमा पनि इटहरी अग्रणी स्थान बन्दै गएकाले इलाका प्रहरी कार्यालय इटहरीबाहेक अञ्चल प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीलेसमेत इटहरीका होटल लज र रेस्टुरेन्टहरुमा छड्के जाँचलाई तीव्रता दिन थालिएको छ । - रासस

0 comments:

Post a Comment