Breaking News
Loading...
Monday, January 7, 2013

Info Post

२४ पुस, चितवन । आफुले चलाएको गाडी २० बर्षपछि आफ्नै स्वामित्वमा पाएका छन् चितवनका एक चालकले । आफ्नो स्वामित्वको सवारी चालकलाई नै दिएर सम्मान गर्ने मालिक पनि खुसी छन् । सहचालकबाट चालक बनेर त्यही गाडीको मालिक हुन पाएका भाग्यमानी कालु भनेर चिनिने वीरेन्द्रनगरका विशेश्वर हाल हुन् ।
एउटै गाडीमा दुई दशक लामो मोटर चालकको अनुभव बटुलेर सोमबार उनी त्यही गाडीको मालिक बने ।
‘यो गाडी मेरो होला भन्ने सपनामा पनि सोचेको थिइन्’ उनी भन्छन् ‘तर भाग्यले मैले पाएँ ।’ नारायणगढदेखि लोथरसम्म लगातार चलाएको मिनीबस २० बर्षपछि उनले साहुबाट उपहार पाएका हुन् । पुरानै गाडी भए पनि होस गरेर सवारी हाँकेका कारण आफुले गाडीलाई दुर्घटनाबाट बताएको कालु बताउँछन् ।
‘न त कतै ठोक्काएँ न त कहिल्यै दुर्घटनामा नै पारेँ,’ उनी भन्छन् ‘पेसामा इमानदारी देखाए दुर्घटना निकै कम हुन्छ ।’
गाडी मालिक छहारी यातायातका अध्यक्ष बद्री पौडेलले उनलाई उपहार दिएको खबर नागरिक दैनिकले छापेको छ ।

0 comments:

Post a Comment