Breaking News
Loading...
Monday, January 7, 2013

Info Post
ठूलो परिवार चाहने महिलाहरुले अब आफ्नो हुनेवाला पतिको कतिजना दाजूभाई छ भन्ने कुराको पनि ख्याल गर्दा राम्रो हुन्छ । खाइलाग्दो जीउडालका पुरुषले भन्दा पनि धेरै दाजूभाई भएका पुरुषका बीर्य सन्तान उत्पादनका लागि तगडा हुने अनुसन्धानले देखाएको छ । 
 बेलायतका ५ सय पुरुषमा गरिएको अनुसन्धानको नतिजामा धेरै दाजूभाई भएको पुरुषको बीर्यको उर्वराशक्ति बढी भएको निश्कर्ष देखिएको छ । अनुसन्धानका क्रममा पुरुषको बीर्यको गति नाप्ने क्रममा धेरै दाजूभाई भएका पुरुषहरुको बीर्यको गति अन्यको भन्दा धेरै तेज भेटिएको हो । 
 बेलायतको सेफिल्ड विश्वबिद्यालयका प्राध्यापक डा. एलान पासेको नेतृत्वमा गरिएको अनुसन्धानमा यस्तो देखिएको हो । दिदीबहिनी बढी भएकाहरुको हकमा भने यो लागू हुँदैन् । 'धेरै दाजूभाई हुनु उनीहरुको अभिभावकमा भएको उच्च प्रजनन् क्षमताको प्रमाण हो', निश्कर्ष सुनाउँदै पासेले भनेका छन्,'आमाबाबुकै गुण छोराछोरीमा सरेको पनि हुनसक्छ ।'

0 comments:

Post a Comment