नयाँ एक सर्वेक्षणले ८२ प्रतिशत किशोर-किशोरीले यौनसम्पर्क राख्ने गरेको, ३४ प्रतिशतले ब्याइफ्रेन्ड र गर्लफ्रेन्डसँग सहवास गर्ने गरेको र तीन प्रतिशतले आफूले चिनेजानेको व्यक्तिसँग यौन सम्पर्क गर्ने गरेको तथ्यांक उदांगो पारेको छ ।
१० देखि २४ वर्ष उमेर समूहका आठ हजार नौ सय ७४ घरधुरीका १४ हजार सात सय ५४ जना किशोर-किशोरीमा गरिएको सर्वेक्षणबाट उक्त तथ्यांक आएको हो। यस्तो तथ्यांकले शहरी जीवनमा हुर्किरहेको नयाँ पुस्तालाई सम्बोधन गरेको छ। सेक्स जति सरल भएको छ, त्यति नै सहज पनि। बढ्दो इन्टरनेट प्रयोगलाई यसको प्रमुख कारण मानेका छन्, विश्लेषकहरूले। 'म आफ्नो करिअर डेभलप नगरी विवाह गर्दिनँ, कम्तीमा ३० वर्षमा गरिन्छ बिहे,' भर्खरै प्लस टू पास एक किशोर भन्छन्, 'गर्लफ्रेन्ड छँदै छ, करिअर बनाएरमात्र विवाह गर्ने हो ।
करिअर पछि बनाउने र आफ्नो जीवन पनि सुखी राख्नका लागि चाँडो विवाह गर्नुपर्ने उनीहरूको जोड छ। दाम्पत्य जीवनलाई प्रधान नमान्ने शहरिया नयाँ पुस्ता बिस्तारै यौन सम्पर्कलाई प्रमुख स्थानमा राखेर हेरिरहेको छ। आवश्यकता र महत्व छुट्याउन नजान्दा र समयमा यौनबारे सहज शिक्षा नपाउँदा शहरी किशोर-किशोरी सेक्स गर्न हतारिएका छन्।
सानै उमेरदेखि आधुनिक प्रविधिसँग पहुँच बनाउन थालिसकेका आजका युवाले यौनलाई अत्यन्त हल्का रूपमा लिइदिँदा यसले विकृति समेत निम्त्याउन थालिसकेको छ। दश कक्षा पढ्दासम्म पनि गर्लफ्रेन्ड बनाउन नसक्नेहरूको साथीहरूमाझ इन्सल्ट हुने गरेको कक्षा ९ पढ्दै गरेको अध्ययनले देखाएको छ ।
0 comments:
Post a Comment