Breaking News
Loading...
Tuesday, January 8, 2013

Info Post

सञ्चार मन्त्री राजकिशोर यादवले माग पुरा गर्ने लिखित सहमति गरेको २० दिन नाघिसक्दा पनि कार्यान्यवन नभएको भन्दै फिल्मकर्मीहरु कडा आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्रिय चलचित्र संरक्षण मञ्चको नेतृत्वमा यो आन्दोलनले पहिलो पाईला स्वरुप चलचित्र बिकास बोर्डमा अनिश्चिकालिन ताला लगाउने निर्णय गरिएको छ । ८ वटा प्रमुख संस्थाको समर्थनमा मञ्चले मंगलबार रिपोर्टस क्ल्वमा पत्रकार सम्मेलन गरी यो आन्दोलन घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा आन्दोलनको नेतृत्व गरिरहेको मञ्चका संयोजक नीर शाहले अत्यन्त पिडादायी अवस्थाको बाबजुत यो कदम चाल्न बाध्य रहेको बताए । उनले मन्त्रीले गरेको लिखित प्रतिबद्धतालाई हेलचेक्राईको संज्ञा दिदै उनको आस्वाशन प्रति घोर भत्र्सना पनि गरे । फिल्मकर्मी प्रति सरकारले देखाएको वेवास्ता प्रति ब्यग्य प्रहार गर्दै उनले मृत प्राय भईसकेको चलचित्र क्षेत्रलाई जिउदै गाड्ने प्रयास भए पनि कंकाल पनि निस्किएर आन्दोलनको उदेश्य हासिल गरि छाड्ने बताए ।

आन्दोलनलाई चलचित्र निर्माता संघ, निर्देशक समाज, चलचित्र संघ, कलाकार संघ, प्राविधिक संघ, द्धन्द कलाकार संघ, नृत्यकार संघ र महिला चलचित्र कर्मी मञ्चका प्रमुखहरुले लिखित समर्थन जनाएका छन् जसले पत्रकार सम्मेलनमा आन्दोलनलाई निर्णायक बनाउने प्रतिबद्धता जनाएका छन् । बोर्डमा ताला भोली बिहान कार्यालय समय देखि लगाईनेछ ।

0 comments:

Post a Comment