Breaking News
Loading...
Tuesday, January 8, 2013

Info Post

प्रचण्डको हातबाट टीको लगाएर एमाओवादीमा प्रवेश गरेका कलाकार नीर शाहले एमाओवादीकै प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कडा ‘डाइलग’ हानेका छन् । सरकारले प्रतिवद्धता जनाएका मागहरु पूरा गर्ने छाटकाँट नदेखेपछि चलचित्रकर्मीहरु आन्दोलनमा उत्रिइरहेका बेला रिपोर्टस् क्लबमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय चलचित्र संरक्षण मञ्चका संयोजक शाहले प्रधानमन्त्री भट्टराई र सञ्चारमन्त्री राजकिशोर यावदलाई दिएको लामो ‘डाइलग’ जस्ताको त्यस्तै :म व्यक्तिगतरुपले ०२४ सालमा चलचित्र कर्ममा प्रवेश गरेको हुँ र ०२७ सालबाट निरन्तर रुपमा यो क्षेत्रका अनेकखालका गतिविधिसँग संलग्न रहँदै यसलाई नजिकबाट अवलोकन गर्ने अवसर पनि प्राप्त गरेको व्यक्ति हुँ । यो कुरा मलाई यहाँ उद्घोष गर्नुपर्दा रत्तिभर पनि संकोच हुँदैन कि जुनसुकै किसिमको राज्यव्यवस्था अन्र्तगतको राज्यकालसँग पनि तुलानात्मक दृष्टिकोणबाट हेर्दा चलचित्रकर्मीहरु यो किसिमले अपमानित हुनु परेको र चलचित्रकर्मीलाई एउटा अत्यन्त निकृष्ट दृष्टिकोणबाट हेरिएको राज्यकाल कुनै पनि छैन । तसर्थ म यो मञ्चबाट यो देशका सम्माननीय प्रधानमन्त्री ज्यू र सूचना तथा सञ्चारमन्त्री ज्यूलाई विनम्र अनुरोध गर्नुपर्ने कुराहरु यहाँ प्रस्तुत गर्न चाहन्छु :
हेर्नुहोस् तपाइहरु जुन कर्ममा व्यस्त हुनुहुन्छ (राजनीतिक कर्म), त्यो क्षेत्रमा तपाईहरुले कुन हदको उत्कृष्टता हाशिल गर्नु भयो, त्यो समयको कालखण्डले मूल्यांकन गर्ला । त्योभन्दा धेरै माथिल्लो तहको उत्कृष्टताको सिँढी हामीले हाम्रो कर्ममा चढिसकेका छौं । जुन पेशा र कर्मलाई तपाईहरुले आफ्नो मूल पेशा ठान्नु भएको छ, त्यो पेशाले राष्ट्रलाई कस्तो मोडमा लगेर राखेको छ, त्यो सबैको सामुन्ने घामजस्तै छर्लङ्ग छ । तर, चलचित्र कर्मलाई हामीले जुन मोडमा लगेर राखेका छांै, त्यो मृत प्रायः भए पनि यसमा ढुकढुकी अझै बाँकी छ । तसर्थ सम्माननीय प्रधानमन्त्री तथा मन्त्री ज्यू, यो मृत प्राय भएको र ढुकढुकी साँचेको राष्ट्रिय चलचित्र क्षेत्रलाई जिउँदै गाड्ने प्रयत्न नगर्नुहोला । त्यो भूमिगत भएको कंकाल पनि निस्किएर जुन अभियान हामीले अगाडि सारेका छौं, त्यसलाई साथ दिनेछ ।
तपाईका राष्ट्रिय चलचित्र उद्योगप्रतिका दृष्टिकोणले जसरी लाखौं लाख चलचित्रकर्मीहरु निदाउन नसक्ने अवस्थामा पुगेका छन्, त्यो अवस्था तपाईहरुको विपनामै हुनेछ ।’

0 comments:

Post a Comment