कलाकारहरुका सन्तान कलाकारितामा प्रवेश गरिरहेको अवस्थामा कृष्ण मल्लका छोरा भने अपवाद भएर देखा परेका छन् ।
अभिनेता एवं निर्देशक मल्लका एक मात्र २४ बर्षीय सुपुत्र सकृयले आफ्नो डिजाइनमा गुहार फाउन्डेशन स्थापनाको घोषणा गरेका छन् । अभिनेत्री समेत रहेकी आमा शर्मिला र बाबुको सहयोगमा सोमबार उनले यो फाउन्डेशन स्थापनाको जानकारी दिएका हुन ।
' फाउन्डेशनले बैधानिकता अझै पाएको छैन त्यसैले आज हामीले घोषणा मात्र गरेका हौ' पत्रकार सम्मेलनमा अभिनेता मल्लले जानकारी गराए । मल्लका अनुसार फाउन्डेशन आफैमा सक्षम भएर हैन माध्यम बनेर असाहायहरुको सहयोगमा उपस्थित हुने छ । जसकालागि उनले आफै प्रेजेन्टर भएर एक टेलिभिजनमा गुहार नामक प्रोग्राम समेत लन्च गर्दैछन् ।
छोरा सानैदेखि अरुको सहयोग गर्ने स्वभावको भएको भन्दै आमा शर्मिलाले उपयूक्त समयमा उसैको डिजाईनमा यो फाउन्डेशन स्थापना गर्ने आट कसेको बताईन् । म्यानेजमेन्टमा ब्याचर्लस कम्लिप्ट गरेका सक्रियले आफ्नो पकेट खर्चबाट बचाएको २० हजार नगद फाउन्डेशन घोषणा संगै दुई असाहाय बृद्धालाई सहयोग स्वरुप प्रदान पनि गरेका छन् । फिल्म लाईनमा अन्य कलाकारहरुको सन्तान आईरहेका बेला तपाई चाहि समाज सेवमा किन भनी सोधिएको प्रश्नमा सक्रियले सानो छदा अभिनयमा रहर लागेपनि आजकाल त्यस्तो नभएको बताए ।
शारिरीक रुपमा समान्य युवकहरु भन्दा केही मोटो बनावटका सक्रिय उपन्यासकार पनि हुन त्यसैले भावी दिनमा फिल्म लेखन र निर्देशनमा भने आफु आउन सक्ने तर्क गरेका छन् उनले । 'न त हामीले कहिलै फिल्म खेल भन्यौ न त उसले खेल्ने ईच्छानै देखायो त्यसैले पनि होला यो बिषयमा सोचिएको छैन् ।' कृष्ण मल्लले तर्क गरे । यध्यापी सक्रियले तुलसी घिमिरे निर्देशित फिल्म चिनोमा भने बाल कलाकार भएर खेलेका थिए ।

0 comments:
Post a Comment