महिलाहरुको अस्तित्वको बिषयमा आफ्नो पेन जति चलाएपनि यसको ब्यबहारिक प्रयोग स्वयम पत्रकारहरुको हकमा पनि देखिएको छैन । जुन दृश्य आईतबार आयोजना गरिएको फिल्म पत्रकारहरुको पिकनिकमा छर्लङ भएको छ ।
करिब ४० जनाको सहभागिता रहेको पिकनिकमा एक जना पनि महिला पत्रकार नदेखिदा उनीहरुको अस्तित्वको बिषयमा यो प्रश्न उठाउन फिल्मीखबर बाध्य भएको हो । पत्रकार सन्दीप सापकोटाको संयोजक्त्वमा अयोजना गरिएको यस पटकको पिकनिकमा दोस्रो पुष्ता देखि पाँचौ पुस्ताका पुरूष पत्रकारहरुको प्रतिनिध्त्व थियो तर महिलाको हकमा भने शून्य देखियो ।
सापकोटाले महिला पत्रकारहरुको अनुपस्थितीको सम्बन्धमा ४० जना पुरूषहरुको भिडमा मुस्किलले तीन जना सक्रिय महिला पत्रकारहरुको नाम पाउन गार्हो देखिएपछि यो पिकनिकमा पुरूष पत्रकारहरुको बर्चश्व देखिएको तर्क गरेका छन् । हाल नेपालमा अन्य विटमा महिला पत्रकारहरुको आगमन दिन प्रतिदिन बढे पनि ईन्टरटेनमेन्ट विटमा चाहि यसको अनुपात बढेको छैन जसकारण सभा सम्मेलन देखि पिकनिक जस्ता रमाईला कार्यक्रममा महिला पत्रकारहरुको प्रतिनिधत्व पाईदैन ।
दश बर्ष पश्चात अयोजना गरिएको पिकनिकको लोकेशन पुरानै स्थान र पुरानै स्पट थानकोट स्थित त्रिभुवन पार्कमा तय गरिएको थियो जहाँ चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी सहित कार्यसमितिका अन्य पदाधिकारी देखि लिएर सक्रिय रहेका पत्रकारहरुले सौहार्दपूर्ण बाताबरणमा पिकनिक सफल बनाएका थिए ।

0 comments:
Post a Comment