भोटो ताला चाहि हैन तर स्टिलले बनेका तीन वटा ठूला ताला लाई क्रमश बसुन्धरा भुषाल, मौसमी मल्ल र फाईट माष्टर योगेन्द्र श्रेष्ठले लगाए । बसुन्धराले बोर्डको दोस्रो मुख्य प्रवेशद्धार, मौसमीले छेउको लवी तर्फको द्धार र योगेन्द्रले सडकससंगै जोडिएको प्रमुख द्धारमा पालैपालो ताला मारेका हुन ।
चर्को नारावाजी गर्दै विहान दश बजे विकास बोर्ड परिसरमा पुगेका एक हुल फिल्मकर्मीले आफ्ना नौ बुदे माग कार्यान्यवन गर्न सरकार उदासिन भएको भन्दै आन्दोलनलाई निस्कर्षमा पुर्याई छाड्ने अठोट ब्यक्त गरेका छन् । ताला बिहान ठीक साढे दश बजे मारिएको हो ।
'यो आन्दोलनमा हाम्रो समर्थन र विरोध भन्ने हैन यध्यपी यो दिन चाहि देख्नुनपरोस भन्ने थियो तर भईदियो यस्तो' बिकास बोर्ड राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष आनन्द घिमिरेले प्रतिक्रिया दिए । बोर्डमा ताला लगाउनु अघि सम्पूर्ण कर्मचारीलाई विनम्रताका साथ बाहिर निकालिएको थियो यध्यपी एक महिला कर्मचारी भित्रै थुनिएपछि लगाईएको लवी तर्फको ताला पुनः खोली उनलाई बाहिर निकालेका थिए अन्दोनरत फिल्मकर्मीले ।
कालो दिनको रुपमा हेरिएको आजको आन्दोलन राष्ट्रिय चलचित्रकर्मी मञ्चको अगुवाईमा भएको हो जसलाई फिल्म क्षेत्रका अन्य आठ वटा प्रमुख संघस्थाको लिखित समर्थन पनि छ । ताला लगाउने आन्दोलनको पहिलो कार्यक्रम पश्चात आज साँझ पाँच बजे चलचित्र कालकारसंघमा बस्ने सम्पूर्ण संघसंस्थाका प्रतिनिधिको बैठकले थप कार्यक्रम घोषणा गर्दैछ ।

0 comments:
Post a Comment