संचारमन्त्री राजकिशोर यादवले लिखित प्रतिबद्धता जनाएर पनि माग पुरा नगरेपछि आन्दोलनमा उत्रिएका चलचित्रकर्मीले आइतबार काठमाण्डौको मुख्य गन्तव्यस्थल नयाा बानेश्वर ठप्प पारेका छन् । संचारमन्त्रीले अनशनमा बसेका चलचित्रकर्मीहरुमाझ गरेको प्रतिबद्धतालाई उनीहरुले नाटकमाझ प्रस्तुत गरेका थिए ।कसरी चलचित्रकर्मीहरु अनशनमा बसे र संचारमन्त्रीले कसरी जुश ख्वाएको नाटक गरे भन्ने घटनालाई उनीहरुले नाटकमा उतारेका हुन् ।
अनशनकारीको भुमिकामा कलाकार संघका अध्यक्ष नबल खड्का, चलचित्र नृत्यकार संघका अध्यक्ष दिनेश पाखि्रन र कलाकार मौसमी मल्ल देखिएका थिए । यस्तै संचारमन्त्री राजकिशोर यादवको भुमिकामा निर्देशक एम.एस अंग्रज देखिएका थिए । चलचित्रकर्मीले नाटक देखाउदै गर्दा नयाँ बानेश्वरको संविधाना सभा भवन अगाडि दर्शकहरुको उल्लेख्य भिड लागेको थियो । चलचित्रकर्मीले गोलो घेरा बनाउदै नयाा बानेश्वर संविधान भवन अगाडिको सडक अबरुद्ध बनाएका थिए ।

0 comments:
Post a Comment