भुवन केसीको फिल्ममा प्रियंका कार्की
Info Post
अन्तत: बुढो बाघ डाईरेक्सनमा आउने निश्चित भएको छ । प्रोडक्सनमा सफल भुवन केसी आगामी दुई महिना भित्र निर्देशकको ट्याग भिर्दै फ्लोरमा जाने निश्चित भएको हो । जसमा कलिउड हिरोईन प्रियंका कार्की फिचर हुन सक्ने प्रवल आधारहरु बढेका छन् ।
'अहिले स्क्रिप्टको काम भईरहेछ त्यसमा अनमोल र प्रियंका करिब फाईनल जस्तै हो । र, अर्को एक हिरोईन पनि हुनेछिन्', भुवनले फिल्मीखबरसंगको कुराकानीमा यो रहष्य खोलिदिए । भुवनका अनुसार फिल्मको लागि एक गीतको म्यूजिक तयार गर्ने काम शम्भुजित बाँस्कोटालाई दिईएको छ । जुन भनाईलाई शम्भुजितले पनि सहि भन्दै उत्कृष्ट म्यूजिक कम्पोज गर्न आफूले कम्मर कसेको प्रतिक्रिया दिए । यध्यपी यस पटकको प्रोजेक्टको सवै गीतमा शम्भुजितको म्यूजिक भने नराखिने भुवनले बताए ।
यता प्रियंकाले पनि भुवनको प्रोजेक्टका लागि स्क्रिप्ट सुनिसकेकी छिन् जसमा खेल्न उनी पनि करिब राजि भईसकेको अवस्था छ । 'उहाँसंग दुई तीन पटक सिटिङ भईसक्यो अब एग्रीमेन्ट मात्र बाँकी हो', प्रियंकाले भनेकी छिन् । न्यू स्टारको रुपमा उदाएकी प्रियंकाले बाल कालकार भएर भुवनका साथ महादेवीमा खेलेकी थिईन् र त्यतिबेला देखि प्रियंकासंग आफू प्रभावित भएको भुवनले तर्क थपेका छन् ।
भुवनले आफ्नो डेब्यू प्रोजेक्टलाई फ्यामेली लभस्टोरी भनेका छन् जहाँ भल्गारिटीको 'भ' पनि नहुने उनको भनाई छ । झण्डै तीन दशकको अभिनय यात्रामा भुवन अधिकांश फिल्ममा सफल छन् जुन निर्देशनको पक्षमा पनि सफलता हात पार्न सक्ने आश फिल्मकर्मीहरुले पनि गरेका छन् । भुवनले आफ्नो डेब्यू फिल्म मार्फत छोरो अनमोललाई स्टारको रुपमा उभ्याउने अठोट समेत देखाएका छन् । अनमोल हाल 'होस्टेल' भन्ने फिल्म खेल्ने तयारीका लागि वर्कसपमा ब्यस्त छन् ।

0 comments:
Post a Comment