Breaking News
Loading...
Tuesday, January 8, 2013

Info Post
कुनै कुनै बखत निक्कै हट फोटो सुट गरेर चर्चामा आईरहने कलिउड मोडल किम कार्दासियनलाई अहिले गर्भवती भएकै अवस्थामा पनि करोडौको अफर आएको छ ।

उनलाई गर्भवती महिलाको लागि माई प्रगनेन्सी डटकम नामक वेबसाइट सञ्चालन गर्नको लागि किमलाई २५०,००० डलरको प्रस्ताव आएको हो ।

किमलाई यो प्रस्ताव अरमेनियाई फिल्म निर्माता डेविड डजिन्गवेरियनले दिएको हो ।

तर यो प्रस्तावमा किमले भने कुनै प्रतिक्रिया नदिएको जनाइएको छ । पहिलो पटक आमा बन्ने भएकी किमले यो प्रस्ताव स्वीकार गर्छिन् कि गर्दिनन् भन्ने कुनै जानकारी नआए पनि आफ्ना प्रेमी केन्या वेस्टको बच्चालाई जन्म दिने भएकीकिम र वेस्टले आफ्नो पहिलो अनुभव प्रसंशकबीच बाँड्ने योजना भने बनाइरहेका छन् । 

0 comments:

Post a Comment