Breaking News
Loading...
Monday, January 7, 2013

Info Post
व्यापारिक रुपमा मन्दी आईरहेका बेला फिल्म उद्योगमा देखिएका नयाँ पुस्ताका केहि युवाहरुले बनाएको फिल्म ‘अध्याय’ लाई सेन्सर बोर्डले युनिभर्सल (यू) सर्टिफिकेट दिएको छ । सोमबार सेन्सर बोर्डले फिल्म हेरे पश्चात कुनै पनि सिनमा आपत्ति नजनाई सबै वर्गका दर्शकले हेर्न पाउने गरि 'यू' सर्टिफिकेट दिएको निर्माण युनिटले जानकारी गरायो ।

पुस २७ गतेदेखि अल नेपाल रिलिज हुने क्रममा रहेको ‘अध्याय’ फिल्म पुरै नेपाली परिवेशमा आधारित रहेर बनाईएको निर्माण पक्षले दाबी गरेको छ । उटै परिवेशमा बस्ने तीन जना फरक स्वभावका युवाहरुले गर्ने गतिविधिबाट एक अर्कालाई कसरी प्रभाव पर्छ र त्यो प्रभावले उनीहरुको लभस्टोरीमा कसरी ट्विस्ट ल्याउँछ भन्ने थिममा रहेर कथालाई प्रस्तुत गरिएको कलाकार सुशिलराज पाण्डेले बताए ।

प्रविन स्याङबोको निर्देशनमा बनेको यो फिल्ममा कर्मा, सुशिलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, शान्ती गिरी, आकाश मगर, स्वस्तिकराज भण्डारी मुख्य भुमिकामा देखिएका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्ममा करिब ७५ लाख रुपैँयाको लागत रहेको छ । फिल्मलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेका हुन् ।

निर्देशक स्याङ्बोकै कथा लेखन रहेको यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट,  ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ ।

0 comments:

Post a Comment