राजन घिमिरे / ग्ल्यामर नेपाल डट कम, पुस २८- नेपाली सिनेमामा यतिबेला देखाउनेहरूको निकै चर्चा र हल्ला छ । कसले के देखाए ? कसरी देखाए वा कति देखाए ? यसको लेखाजोखा अहिले नगरौँ । तर, अर्की एउटी नयाँ नायिका पनि देखाउनतिर मरिहत्ते हाल्न खोजिरहेकी छिन् । उनी पनि भन्न थालेकी छिन्, ‘कसले के देखायो ? त्यो मलाई थाहा छैन, तर मैले भने गजवकै तरिकाले देखाएकी छु ।
त्यस्तो हल्लै हुने गरी के देखाइयो त ? जवाफमा म्युजिक भिडियोमार्फत सिनेमा क्षेत्रमा आएकी हर्षिकाले भनिन , ‘कुरा चलचित्र जंजिरको हो । ‘यो चलचित्रमा मैले के देखाएकी छु र मैले देखाएको त्यो कुरा हेर्न त चलचित्र नै हेर्न आउनुपर्छ नि । अहिलेलाई गोप्य नै राखौँ,’ हर्षिकाले भनिन् । शोभित बस्नेतको निर्देशन र करण श्रेष्ठको निर्माण रहेको यो चलचित्रमा सुन्नमा आएअनुसार हर्षिकाले भल्गर दृश्य त देखाएकी छैनन् रे । तै पनि उनले देखाएको बारेमा बजार हल्ला निकै गरम भइरहेको छ । हामीले पनि यसको युनिटसँग बुझ्ने प्रयास गर्यौं । ‘अश्लील र भल्गर होइन तर त्यो भन्दा पनि गजब देखाएकी छिन् हर्षिकाले । यस कारणले पनि हामी उनको फ्यान बन्न पुग्यौँ । उनले के देखाइन् ? त्योचाहिँ पछि नै भनौँला,’ निर्माता श्रेष्ठले भने ।

0 comments:
Post a Comment