Breaking News
Loading...
Sunday, January 6, 2013

Info Post

सन्तोष काफ्ले /एचकेनेपाल डट कम-
धरान, २२ पौष। छिनमै चिसो अनि छिनमै घाम तथा छिन छिनमा लाग्ने हुस्सूका कारण दिनदिनै देशभर चिसो बढिरहेको छ। झन् धरानको नजिकै रहेको धनकुटाको भेडेटार त यसै नै चिसो ठाउँको रुपमा परिचित छ।
भेडेटहारको चिसो तथा यहाँबाट देखिने प्राकृत सुन्दरता नियाल्न तथा बनभोज खान आएकाहरु विचमा एका एक खेैला बैला मच्चियो। सुन्दर प्राकृतिक दृश्य छोडेर उनीहरु एकाएक एउटा सानो गाडी तर्फ हानिए कारण थियो- चिसो स्थानमा नायक राजेश हमालको शनिबार अकस्मात आगमन। केही युवाहरुको साथमा भेडेटार पुगेका हमाल गाडीबाट उत्रने बितिकै भेडेटार घुम्न आएकाहरुले घेरेका थिए।
केहीबेर आफ्ना फ्यानहरुसंग फोटो खिचाएपछि हमाल चाल्र्स टावरतर्फ लागेका थिए। नायक राजेश हमाल कुनै कार्यक्रम विना नै भेडेटार घुमिरहेका छन्।
शुक्रबार बिर्तामोडमा सञ्चालनमा आएको एक एफएम स्टेशनको उद्घाटन गर्न पुगेका हमाल शनिबार भेडेटारको चिसोमा रम्न पुगेका हुन्। हमाल विराटनगरकी मधु भट्टराईसंग प्रेममा परेको समाचार बजारमा आइरहेको छ। यसैक्रममा अकस्मात विराटनगरबाट नजिकै पर्ने भेडेटारमा उनी झुल्कनु डेटिङ स्पोर्टको खोजी भएको धेरैले अनुमान लगाएका छन्। भेडेटाहारको सुन्दरतामा केही वेर रमाएर हमाल विराटनगर तर्फ लागेका थिए।

0 comments:

Post a Comment