Breaking News
Loading...
Wednesday, January 9, 2013

Info Post

जय सङ्गत’ भन्दै आफूलाई शाकाहारी अनि धार्मिक नारीको रूपमा परिचित गराउँदा निकै गौरव मान्ने पूजा प्रधान, पुजना प्रधान, पूजा गुरुङ वा पुजना स्त्री जे भने पनि तिनै पुजना स्त्री शाकाहारी त होलिन् तर आफू मासु नखाए तापनि आफ्नो शरीरका संवेदनशील अङ्गहरू क्यामेरामा देखाउन भने निकै खप्पिस मानिन्छिन्। आफ्नो शरीरका संवेदनशील मांसपेशीहरू चलचित्र ‘रक्षा’का लागि देखाएपछि यतिबेला धेरै नाम भएकी पूजा निकै आलोचित हुन थालेकी छिन्।
आफ्नो परिचय खुल्ने नाम नै ‘कन्फ्युज’ भएकी ‘पुजना स्त्री’ले चलचित्र ‘रक्षा’मा त्यो दृश्य खिच्ने छायाङ्करले पनि जिब्रो टोक्नुपर्ने दृश्य दिएपछि हाल बढी नै आलोचित हुन थालेपछि यसका निर्देशक राजु गिरीलाई सिनेमाबाट त्यस्ता दृश्य हटाउनका लागि आग्रह गर्न थालेकी छिन्। उनले दबाब दिन यस कारणले सक्दिनन् कि त्यो दृश्य उनले सहमतिमा नै दिएकी थिइन् र सिनेमाबाट त्यो दृश्य हटाउन भने निर्देशक कुनै पनि हालतमा तयार देखिँदैनन्। गत अङ्कको घटना र विचार साप्ताहिकमा चलचित्र रक्षाको पुजना र नवनायक अशोक फुँयालबीचको बेडसिनेको तस्बिर प्रकाशित गरिएको थियो र यसपटक पनि त्यस्तै तस्बिर प्रकाशित गरिएको छ। … के गरेपछि दैलो देख्यो भनेजस्तै पैसा र चर्चाको लोभमा पुजनाले त्यो दृश्य त दिइन् अब उनले निकै आलोचना र छीःछीः सहनुपर्ने हुन्छ। रक्षाका लागि खिचिएको त्यो दृश्य सरकारले प्रतिबन्ध गरेको चलचित्र एटीएमभन्दा पनि तल्लोस्तरको भएको चर्चा बजारमा चल्न थालेको छ। पुजनालाई उक्त दृश्य दिएबापत चलचित्र युनिटले पौने दुई लाख पारिश्रमिक दियो भन्ने प्रचार पनि गलत भएको रहस्य खुलेको छ।
चलचित्रका निर्देशक राजु गिरीले धेरै समय यो दृश्यमा खेल्नका लागि थुपै्र नयाँ अनुहार खोजे तर बेडसिन भनेपछि कसैले पनि मानेनन्। क्यामेराको अनुहार पनि नदेखेका नयाँ कलाकारहरूले समेत इन्कार गरेको दृश्य स्थापित भइसकेकी पुजनाले आँखा चिम्लिएर खेलेपछि सिनेमा खेल्नका लागि पुजनामा अझै पनि लोभ रहेछ भन्ने कुरा स्पष्ट भएको छ। पौने दुई लाखको हल्ला चलाए तापनि पुजनाले जम्माजम्मी पचास हजारको भरमा आफ्नो फिल्मी क्यारियर नै ध्वस्त हुने दृश्य दिएको खुलासा भएको छ। पचास हजारका लागि सिनेमामा नग्न हुन तयार भएकी पुजना यतिबेला तनावमा छिन् र त्यो दृश्य कसरी हटाउने? ‘मुडअफ’ छ यतिबेला उनको।

0 comments:

Post a Comment