Breaking News
Loading...
Tuesday, January 8, 2013

Info Post

काठमाडौं पुस २४, भारतको सुपि्रम कोर्टले ट्याक्स छलीको आरोपमा बलिउड स्टार अमिताभ बच्चनलाई नोटिस 


पठाएको छ । आयकर विभागले हालेको मुद्धामा अदालतले अमिताभलाई नोटिस पठाएको हो । अमिताभले आफ्नो टीवी कार्यक्रम कौन बनेगा करोडतिबाट कमाएको १.६६ करोडको ट्याक्स नतिरेका विभागको दावी छ । 

यो सन् २००२-०३ को अवधीको हो । यसअघि सन् २०१२ जुलाईमा बम्बई हाई कोर्टले भने अमिताभविरुद्धको मुद्धा खारेज गरेको थियो । हाई कोर्टको फैसलाविरुद्ध आयकर विभाग सुपि्रम कोर्टमा गएको थियो । सन् २००२ अक्टोबर १३ मा अमिताभले आफ्नो आम्दानी १४.९९ करोड बताएका थिए । तर, २००३ मार्च १३ मा संशोधन गर्दै ८.११ करोड मात्र भएको लिखित जानकारी गराएका थिए । कर निर्धारणको प्रक्रिया पूरा हुनु अघि नै उनले २००४ मार्च १३ मा शंशोधिन लिखत फिर्ता लिएका थिए । २००५ मार्च १३ मा मूल्यांकन अधिकारीहरुले सन् २००२/०३ का लागि अमिताभको आय ५६.११ करोड तय गर्दै कर तिर्न नोटिस पठाएको थियो ।


0 comments:

Post a Comment