Breaking News
Loading...
Tuesday, January 8, 2013

Info Post
केमा कुरा मिल्यो यिनको?
जिया केसी बारे नखेलुँ भने पनि उनको बारेमा लेख्नैपर्ने बाध्यता यसपटक पनि परेको छ ।

उनी व्यवहार, काम अनि उपस्थिति नै त्यस्तो गर्छिन् कि लेख्नैपर्ने हुन्छ । आफूलाई फाइदा हुन्छ भने जिया जे गर्न पनि तयार हुन्छिन् । त्यसो त उनलाई पहिले गाली गरेर तस्बिर पनि पोस्टरमा राख्न घृणा गर्ने एक निर्देशकको यतिबेला बलियो साथ मिलेको छ जियालाई। उनलाई साथ दिने निर्देशक हुन्– दीपक श्रेष्ठ।


चलचित्र ‘एटीएम’को नकारात्मक चर्चापछि निर्देशक दीपक श्रेष्ठले पनि जियालाई रामै्रसँग हप्काए । यस्तो, उस्तो भनेर गाली पनि गरे,  अनि ‘हो यही हो माया’ नामक चलचित्रमा जियाको कुनै पनि तस्बिर राखेनन्। यसले गर्दा दीपक श्रेष्ठ र जियाबीच फाटो पनि आयो। आफूले राम्रो सोचेकी नायिका खराब चलचित्रमा देखिएपछि क्षुब्ध भएका श्रेष्ठ जियालाई पत्तासाफ गर्नुपर्छ भन्नेतिर लागे ।


तर, यतिबेला समयले कोल्टे फेरेको छ। जियाको नाम र उपस्थिति कुनै पनि हालतमा देख्न नसक्ने दीपक अहिले यिनै जियालाई लिएर पोखरामा एउटा चलचित्रको छायाङ्कनमा व्यस्त छन् । जियाविरुद्ध खुलेर लागेका दीपक र जियाबीचको सम्बन्ध फेरि कसरी प्रगाढ हुन पुग्यो ? सबै तीनछक परेका छन्। चलचित्र एटीएमबाट बद्नाम हुन पुगेकी जियालाई सिनेमाको हिरोइन लिएर ठूलै ‘रिक्स’ निर्देशक दीपक श्रेष्ठले लिनु भनेको ‘दालमे कुछ काला हे’ भन्दा फरक नपर्ला।

0 comments:

Post a Comment