Breaking News
Loading...
Friday, January 18, 2013

Info Post
एजेन्सी, माघ ५ । विश्व प्रविधिमा धेरै अघि बढी सकेको छ । कतिपय अचम्म लाग्ने कुराहरु प्रविधिको विकासले सजिलै सम्भव समेत हुन थालेका छन् । यस्तैमा एक घडी आएको छ, जसबाटै फेसबुक चलाउन सकिने बीबीसीले जनाएको छ ।

उक्त घडीबाट अन्य धेरै काम समेत गर्न सकिने छ । ‘मार्सल वाच’ नामक उक्त घडीले मानिसको प्रश्नको उत्तर पनि दिनेछ । समाचारका अनुसार मानिसले नजिकमा कुनै रेष्टुरेन्ट भए–नभएको बारे प्रश्न गरे उक्त घडीले रेष्टुरेन्टको ठेगाना बताईदिनेछ ।

त्यस्तै उक्त घडीमा एक एलसीडी डिस्प्ले हुन्छ, जसबाट फेसबुक स्टाटस अपडेट गर्न सकिनेछ । घडीबाट सन्देश पढ्नमात्रै होइन, सुन्न समेत सकिनेछ । त्यस्तै उक्त घडीले तस्वीर पनि खिच्न सक्छ भने तपाईंले खिचेको तस्वीरका बारेमा अन्यले थाहा नपाउन पनि सक्छन् । 

तर, यो घडीले काम चाँही कसरी गर्छ त ? समाचारका अनुसार उक्त घडी मासिनले खल्तीमा राखेको मोबाईलसँग प्रविधिमार्फत जोडिएको हुनेछ ।

ब्लूतुथ मार्फत मोबाईल र घडीको प्रविधि जोडिनेछ । जब मानिसले यस घडी मार्फत कुरा गरिरहेका हुन्छन् त तब मोबाईल प्रविधिले त्यससँग सम्बन्धित भएर काम गरिरहेको हुनेछ ।

यस घडीमा एक माइक्रोफोन हुन्छ । जसले मानिसको आवाज मोबाईलसँग जोडिरहेको हुन्छ । उक्त घडीले एन्ड्रोइड र आईओएस किसिमका मोबाईलहरुमा काम गर्न सक्ने जनाइएको छ । 

0 comments:

Post a Comment