यौनकर्मीलाई पार्टीमा बोलाउदा राजदुतको जागिर चट्
Info Post
काठमाडौ, पुस २२ - दुई जना यौनकर्मीलाई बोलाएर पार्टी दिएको अभियोगमा कोलम्बियाको लागि होन्डुराका राजदुत कार्लोस् रोडि्रजको जागिर गएको छ । डिसेम्बर २० का दिन कोलम्बियाको राजधानी बोगोटोमा भएको राजदुताबासमा दिइएको पार्टीमा बोलाइएका दुईजना यौनकर्मी महिलाले कार्यालयको ल्यापटप, कम्प्युटर, मोबाइललगायत सामग्री चोरेका थिए । ती दुई महिलालाई राजदुतावासकै सवारीमा राखेर पार्टीमा ल्याइएको थियो । ती दुई महिला को थिए भन्ने अनुसन्धान भइरहेको होन्डुरा सरकारले बताएको छ । राजदुत नजिकका एक कर्मचारीले पार्टीको व्यबस्थापन गरेको र ती दुई महिलालाई बोलाएको आरोप छ । उक्त पार्टीमा राजदुत थिए वा थिएनन् भन्नेबारे पनि छानबिन भइरहेको बताइएको छ । ग्त बर्ष बाराक ओबामाको कोलम्बिया भ्रमणमा सँगै गएका कर्मचारीले होटलको कोठामा यौनकर्मी महिला बोलाएको भेटिएपछि उनीहरुलाई घर पठाइएको थियो ।

0 comments:
Post a Comment