विभिन्न ९ बुादे माग राख्दै चरणबद्ध आन्दोलनमा लागेको चलचित्रकर्मीलाई प्रहरीले विहिबार चलचित्र बिकास बोर्ड परिसरबाट गिरफ्तार गरेको छ । गिरफ्तारमा परेका सम्पूर्ण चलचित्रकर्मीलाई प्रहरी प्रभाग गौशालामा दिनभर राखेर बेलुकामात्र छोडेको छ । चलचित्र बिकास बोर्डमा पौष २५ गते चलचित्रकर्मीले लगाएको ताला वुधबार प्रहरीले फोडेको थियो । ताला फोडिएपछि आक्रोशित चलचित्रकर्मीहरु विहिबार बिहान पुनः ताला लगाउन बोर्ड पुगेक थिए । नारा जुलुस सहित बोर्ड परिसर प्रवेश गरेका चलचित्रकर्मीलाई प्रहरीले हस्तक्षेप गरेको थियो । हस्तक्षेप पश्चात पनि चलचित्रकर्मीले ताला लगाएका थिए ।
ताला लगाईसके पश्चातः रिले अनशनमा बस्न लागेका चलचित्रकर्मीमाथी प्रहरीले धरपकड गरेको हो । धरपकडमा नायिका मौसमी मल्ल, निर्देशक शंकर घिमिरे, चलचित्र निर्माता संघका सचिब सुरेश दर्पण पोखरेल घाइते भएका छन् । प्रहरीले रिले अनशनमा बस्न नपाईने भन्दै चलचित्रकर्मीलाई भ्यानमा हालेर गौशाला प्रहरी प्रभागमा लगेको हो । प्रहरीसागको झडपमा चलचित्र बिकास बोर्ड परिसरमा रहेका गमला समेत फुटेका छन् ।
रिले अनशनमा बसेका पनि गिरफ्तार
प्रहरीले रिले अनसनमा बसेका अन्य ६ जना कलाकाहरुलाई पनि गिरफ्तार गरेको छ । रिले अनशनमा बसेका निर्देशकहरु सुरेश दर्पण पोख्रेल, सुवास गजुरेल, कुमार सिलवाल, बरिष्ठ कलाकार लक्ष्मी गिरी, नायक मुकेश ढकाल, र नायिका ऋचासिंह ठकुरीलाई प्रहरीले गिरफ्तार गरेको हो ।
डिएसपी भन्छन्- मानवअधिकार म वुझ्दिन
यसैबिच चलचित्रकर्मीको आन्दोलनलाई नियन्त्रण गर्न पुगेका प्रहरीहरुको कमान्ड गरिरहेका डीएसपी मनोज कुमार केसीले आफुलाई मानवअधिकारको बारेमा थाहा नभएको बताएका छन् । शान्तिपूर्ण रिले अनशनमा बसिरहेका चलचित्रकर्मीलाई हस्तक्षेप गरेपछि चलचत्रिकर्मीहरुले रिले अनशनमा बस्न पाउनु आफुहरुको अधिकारी भएको बताएका थिए । तर डीएसपी केसीले आफुलाई मानअधिकारको बारेमा केही थाहा नभएको बताउदै अनशनकारीलाई भ्यानमा हालेका थिए ।
यसैबिच आन्दोलनरत चलचित्रकर्मीलाई प्रहरीले व्यापक धरपकड गरि गिरफ्तार गरेपछि मानवअधिकारकर्मीकहरु गौशाला पुगेका थिए । गौशाला प्रहरी प्रभागमा मानवअधिकार आयोगका तर्फबाट सुदिप पाठकको एक टोली पुगेको हो । उनीहरुले चलचित्रकर्मीको आन्दोलन र रिले अनशनमा प्रहरीले गरेको हस्तक्षेपका बिषयमा जानकारी लिएका थिए ।
0 comments:
Post a Comment