पुस २८- हलिउडकी अभिनेत्री लिडसे लोहानले आफुले आफुलाई दराजमा लुकाएकी छन्। एक चलचित्रमा रहेको लामो अन्तरंग दृश्यमा आफु अभिनय नगर्ने भन्दै उनले आफैलाई दराजमा लुकाएकी हुन्। चलचित्र द क्यानियन्स एक पोर्न अभिनेता संग रहेको लामो अन्तरंग दृश्यबाट डराएर उनि दराजमा बन्द भएकी हुन्।
चलचित्र अभिनय बाट डराएर लोहान दराजमा लुकेको हलिउडको टीएमजेड आँनलाइनल आफ्नो समाचारमा उल्लेख गरेको छ। यस चलचित्रका लेखक स्टीफन रोडरिकले १४ मिनेट लामो अन्तरङ्ग दृश्यमा लोहानल अभिनय गर्न नचाहेको र चलचित्र युनिटले अभिनयका लागी दबाब दिएकाले उनले आफुलाई दराजमा बन्द गरेको बताए । उनले भने चलचित्र युनिट संग लोहानले यो दृश्यको बारेमा धेरै डिसकस पनि गरेकी थिइन् तर चलचित्र युनिटले नमाने पछि आफुलाई त्यसरी बन्द गरेकी हुन् । चलचित्रका निर्देशक पोल श्रीडरको लामो प्रयासमा पछि लोहानले चलचित्रको उक्त दृश्यमा अभिनय समेत गरिन्। अभिनयको सिलसिलामा लोहानले आफुलाई निर्बस्त्र बनाएर निकै हट दुश्य समेत दिएकी थिइन्।

0 comments:
Post a Comment