Breaking News
Loading...
Saturday, January 5, 2013

Info Post

बलिउडमा युवापुस्तामाझ लोकप्रिय नायिका दीपिका पादुकोणले शनिबार आफ्नो २६ औं जन्मदिन मनाएकी छिन् । सन् १९८६ मा डेनमार्कको कोपनहेनगमा जन्मिएकी पादुकोणले चलचित्र ‘ओम शान्ति ओम’ मार्फत बलिउड नगरीमा आफ्नो पाइला राखेकी हुन् ।उनलाई यही सिनेमाले फिल्मफेयरमा उत्कृष्ट नब अभिनेत्रीको अवार्ड समेत दिलाएको थियो । उनले आफ्नो फिल्मी करिअर सुरु गर्नुअघि विज्ञापन र मोडलिङमा आफुलाई उभ्याएकी थिईन् । दीपिका आज बलिउडको चर्चित नायिकाको रुपमा परिचित छिन् । उनको सन् २०१३ मा ४ सिनेमाहरु प्रदर्शनको तयारीमा छन् । दीपिका नायक रणबिर कपुरसँगको प्रेम र रोमान्सले पनि केही समय अघि चर्चित थिईन् ।
विश्भर चर्चित रहेकी नायिका दीपिका पादुकोणलाई हाम्रो तर्फबाट पनि ह्याप्पि बर्थ डे ।

0 comments:

Post a Comment