चीनका व्यापारी टाइकुन वू रुईबाओले आफ्नी छोरीलाई दाईजोमा १३ सय ८० करोड रुपैयाँ बराबरको सम्पत्ति दिएका छन् । टायलका ब्यापारी टाइकुनले दाईजोको रुपमा यति ठूलो धनराशी दिएर एक रेकर्ड बनाएका छन् ।
यो धन राशीमा ठूलो मात्रामा सुन, मर्सिडज कार, टाइकुनको कम्पनीको शेयर लगायत समावेश भएको बताइएको छ । यो बाहेक उनले आफ्नी छोरीलाई एक बैंक खाता समेत खोलिदिएका छन् । जसमा २८ करोड ३५ लाख रुपैयाँ बराबर र कम्पनीको तर्फबाट ५० लाख कित्ता शेयर समेत जम्मा गरिदिएको जनाइएको छ । उक्त शेयरको मूल्य १ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ बराबर हुने जनाइएको छ ।
त्यस्तै उपहारका रुपमा चीनको ग्वाङ्जाउस्थित रिटेल स्टोर लगायत समावेश छन् । टाईकुनकी छोरीले आफ्नो बालापनको साथी जूसँग बिवाह गरेकी हुन् । जू एक सामान्य कर्मचारी हुन् । टाईकुनको छोरीको उक्त विवाह समारोह २८ डिसेम्बरमा सुरु भएको थियो भने विवाह उत्सव ८ दिनसम्म चल्ने जनाइएको छ । –एजेन्सीको सहयोगमा ।

0 comments:
Post a Comment