Breaking News
Loading...
Saturday, January 5, 2013

Info Post

२१ पुस, काठमाडौं । अमिताभ बच्चनले सञ्चालन गरेको टीवी शो ‘कौन बनेगा करोडपति’ को यो सिजनमा सनमीत कौर सहाय नामकी महिलाले पाँच करोड भारु जितेकी छिन् ।
मुम्बईकी सनमीत केबीसीमा ५ करोड जित्ने पहिलो महिला हुन् । कक्षा १२ सम्म मात्र बढेकी सनमित बच्चाहरुलाई ट्युसन पढाउँछिन् र सामान्य ज्ञान पढ्न रुचाउँछिन् । धेरै पटकको प्रयासमा यस पटक सहभागी हुन पाएको भन्दै उनले भनेकी छिन्-’केबीसीको बिजेता बन्छु भनेर कहिल्यै सोचेको थिइन ।’
उनका श्रीमान अभिनेता हुन् र दुई छोरी र एक छोरा छन् । श्रीमती करोडपतिको बिजेता बनेकोमा उनका श्रीमान् पनि निकै खुसी छन् । उनले भने-’करोडपति त धेरै हुनसक्छन् । तर म भन्नसक्छु कि म करोडपत्नीको पति हुँ ।’
यो ‘कौन बनेगा करोडपति’ को छैटौं सिजन हो । यसको पहिलो करोडपति भने जम्बु कश्मीरका मनोजकुमार रैना हुन् । विरामीका कारण एक सिजनले अभितानले चलाउन नसक्दा शाहरुख खानले ‘कौन बनेगा करोडपति’ सञ्चालन गरेका थिए ।

Click Here To Watch Full Video

0 comments:

Post a Comment