'मायाज बार' बाट चलचित्रमा पाइला टेकेका गजित विष्टको दोस्रो चलचित्र 'लभ फर एभर' प्रदर्शनको तयारीमा छ। हाल 'गल्ली' मा नक्कली जुँगा र कालो चस्मा लगाएर इन्सपेक्टर शिवम्को भूमिका निर्वाह गर्न व्यस्त विष्टले अर्को चलचित्र 'लालच' साइन गरी सकेका छन्। राम्रो स्क्रिप्ट र भूमिका भएको भोजपुरी चलचित्रबाट अफर आए आफू त्यसमा तयार रहेको पनि तयार रहेको विष्टले बताए। कक्षा ६ मा पढदादेखि नायक बन्ने सपना बुनेका विष्टका लागि नेपाल टेलिभिजनले दुई वर्षअघि सञ्चालन गरेको रियालिटी शो 'खोजी प्रतिभाको' ले अवसरको ढोका खोलिदियो। 'कक्षा ६ मा पढ्दा शिक्षकले भविष्यमा के बन्छौ भनी सोध्दा मैले चलचित्रको हिरो बन्छु भनेको थिएँ,' ३१ वर्षीय विष्टले भने- 'हिरो बन्नकै लागि मैले नौ वर्ष अभिनय, नृत्य, मार्सल आर्टजस्ता विधाको प्रशिक्षण लिएको थिएँ, आज मेरो लक्ष्य र सपना पूरा भएको छ।' विष्ट फरक र चुनौतीपूर्ण भूमिकामा अभिनय गर्ने मनस्थितिमा छन्।
मायाज बारका हिरो गजित भोजपुरि चलचित्रको लागि तयार
Info Post

0 comments:
Post a Comment